प्रहरी र चिनियाँ नागरिक हातपात बारेमा बोल्यो दुतावास


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख

लक डाउन उलँघन गर्दै सिंह दरबार अगाडि बसेका चिनियाँ नागरिकलाई पक्राउ गर्न खोज्ने नेपाली प्रहरीमाथि उनीहरुले हातपात गरेका थिए । यो भिडियो शुक्रबार भाईरल भएको थियो । चिनियाँ नागरिकले हातपातल गरेपछि त्यसको प्रतिकार गर्दै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो ।

चिनियाँ नागरिकलाई आफुहरुलाई आफ्नो देश फर्काइयोस भन्दै सिंह दरवार अगाडि धर्ना बसेका हुन् । पक्राउपछि ती व्यक्तिहरुलाई काठमाडौं स्थित चिनियाँ दुतावासको रोहबरमा छाडिएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै काठमाडौ स्थित चिनियाँ दुतावासले नेपालको कानून मानेर लक डाउनको अबधिभर घरमै बस्न आफ्ना नागरिकलाई सूचित गरेको छ । उसले चिनियाँ नागरिकहरुलाई अनावश्यक बाहिर ननिस्किन र अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म यतै बस्न अनुरोध गरेको छ ।

दुताबासले एक प्रेस बिज्ञप्ति जारी गर्दै आफ्नो नागरिकलाई यस्तो अनुरोध गरेको हो,‘चिनियाँ पक्षले सधैं नेपालमा रहेका आफ्ना नागरिकले कडाइका साथ नेपालको नियम पालनाको माग गर्दै आएको छ । साथै आफ्ना उचित मागहरु तर्कसंगत र कानुनी हिसाबमा व्यक्त गर्न पनि भन्दै आएको छ,’ प्रेस विज्ञप्तिमा लेखिएको छ,‘कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणको लागि नेपाल सरकारले लकडाउन गरेको समयमा चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई बारम्बार सरकारको नियममा सहकार्य गर्न सम्झाउँदै आएको छ । अनावश्यक बाहिर ननिस्किन र उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूर्वक बस्न आग्रह गर्दै आएको छ ।’

नेपालमा अन्तराष्ट्रिय जहाजहरुको उडानमा आगामी १८ जेठसम्म रोक लगाईएको छ । जसका कारण थुप्रै देशका नागरिकहरु यहाँ अझै अलपत्र अबस्थामा छन् । यसअघि चिनियाँ दूतावासले नेपाल सरकारसँग सहकार्य गरेर ३४० जनालाई चीन फिर्ता लगिसकेको छ भने अझै थुप्रै नागरिक यहाँ छन् ।