४३४ जना साँसद तथा कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ बैशाख

आज ४ बजेपछिबाट संघीय संसदको यो वर्षको वर्षे अधिवेशन सुरु हुँदैछ । सो अधिवशेनमा सहभागी हुने साँसद र कर्मचारीको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । जसमा सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको हो । तीमध्ये २१२ सांसद रहेका छन् । बाँकी अरु संसद् सचिवालयका कर्मचारी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अहिलेसम्मका सबै रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

यसपटक अधिवेशनमा सहभागी सबै साँसद तथा कर्मचारीले कोरोनो भाईरस परिक्षण अनिवार्य गराएर कोरोनो सँक्रमण नेगेटिभ आएपछि मात्र अधिवेशनमा सहभागी हुन पाउने छन् । जसका लागि बिहिबार र शुक्रबार संसद भवनमै साँसदहरु र संसद सचिवालयका कर्मचारीहरुको कोरोनो सँक्रमणको परीक्षणको लागि नमूना लिईएको थियो । शुक्रबार बिहानबाट सुरु गरिएको परिक्षणको रिपोर्ट केहीसमयपछि आउने छ । उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।