ब्युटी न्युज नेपाल
काठमाडौं, २५ बैशाख

लक डाउनले घरमै रहेका श्रोता दर्शकका लागि संगीतकार उमेश रेग्मीले नयाँगीतिसँग्रह ‘बाबाको २ पैसे जागिर’ बजारमा ल्याएका छन् । यस अघि तीन ओटा गीतसँग्रह बजारमा ल्याएका उनको यो चौथो गीतिसँग्रह हो ।

यो सँग्रहमा यी गीतहरुमा विश्व नेपाली, टीका प्रसाईं र भारतीय गायिका सञ्जीवनीको स्वर रहेको छ । यी सबै गीत उमेशले नै लेखेका हुन् । जसमा उनको ‘इनरुवा बजारमा…’ ‘प्रिय तिम्रो तस्बिर कोर्न मन लाग्छ…’ र ‘बाबाको २ पैसे जागिर….’ गरी चार गीतहरु छन् ।

शिर्षगीत ‘बाबाको २ पैसे जागिर…’को म्युजिक भिडियो पनि रिलिज गरेका छन् । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा विजय बराल, लुनिभा तुलाधर र एलिश खनालको अभिनय रहेको छ । आफ्नै बुवाको कथा रहेको पनि उनले खुलाए ।

‘सधैंझैं यस पालि पनि श्रोताहरूलाई केही नयाँ स्वाद दिने कोसिस गरेको छु,’ उमेशले भने, ‘मन पराउनुहुन्छ भन्ने विश्वास छ ।’सुनसरीको इनरुवामा जन्मेका उमेश केही वर्षयता अमेरिका बस्दै आएका छन् । उनले एकल संगीतमा यसअघि ‘युमेश,’ ‘मेरो याद तिमीलाई,’ ‘छोरी’ जस्ता एल्बम निकालिसकेका छन् ।