ब्युटी न्युज नेपाल
काठमाडौं, २४ वैशाख,

भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमण तिब्र रुपमा बढेको छ । पछिल्लो तथ्याँका अनुसार भारतमा कोरोन सँक्रमितको सँख्या करिब ५० हजार जना पुगेको छ ।

बुधबार दिउँसो १ बजेसम्मको रिपोर्ट अनुसार भारतमा कोरोना सँक्रमितको सँख्या ४९ हजार ५३३ जना पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामै भारतमा कोरोना सँक्रमित करिब ३ हजार जना थपिएको पनि मन्त्रालयले जनाएको छ । मँगलबार २४ घन्टामा त्यहाँ २ हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका हुन् । यो सँख्या सोमबारको भन्दा एक हजारले कम भएको पनि मन्त्रालयको कथन छ ।

त्यहाँ बुधबार दिउँसोसम्म १ हजार ६९४ जनाको कोरोना सँक्रमणबाट निधन भईसकेको छ । जसमध्य सबैभन्दा बढी सँक्रमण महाराष्ट्रमा देखिएको छ । अहिलेसम्म १४ हजार ८८३ जना कोरोना सँक्रमणबाट ठिक भएर घर फर्किसकेका छन् । सँक्रमित मध्य १ हजार ३७६ जना गम्भिर बिरामी भएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाले फेरी उदन्ड मनाउन थालेपछि लक डाउनलाई कडाई गर्ने बारे सरकारमा छलफल भईरहेको छ । दिल्ली लगायत केही महानगरहरुमा थप सँक्रमित भेटिएको र त्यहाँ लक डाउन खुकुलो गरिएका कारण कोरोना सँक्रमित बढ्न सक्ने अनुमान सरकारको छ । त्यसैले एक हप्ताको परिक्षणपछि फेरी लक डाउन कडाई गर्ने पक्षमा सरकार रहेको छ ।