एम्बुलेन्सको ठक्करबाट सहायक हबल्दार ऐरको निधन


ब्युटी न्युज नेपाल
नेपालगञ्ज २३ बैशाख

कैलालीमा एम्बुलेन्ससँग मोटरसाईकल ठोक्किँदा एक जनाको ज्यान आज ज्यान गएको छ । कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरमा अबस्थित पूर्वपञ्चिम राजमार्गतमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा शसस्त्र प्रहरी बलका सहायक हवल्दार गोरख ऐरको मृत्यु भएको हो ।

उनी घेडाघोडी नगरपालिका १० घर तर्फ जाँदै गर्दा सो दुर्घटना भएको हो । सहायक हवल्दार ऐरले चलाएको मोटरसाइकल र एम्बुलेन्स ठोक्किएको हो ।

ओमसाई अस्पतालको से १ च १८२८ नम्बरको एम्बुलेन्स र म २ प ५३०३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बताएका छन् । सहायक हवल्दार सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत रहेको पनि बस्नेतले जानकारी गराए । उनको शबलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।