फिल्म खेल्दा प्रेम बसेपछि विवाह गरेका यी नायक नायिका


ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, २३ बैशाख

नेपाली चलचित्र क्षेत्रमा कार्यरत यस्ता अभिनेता अभिनेत्रीहरु छन् । जो सिनेमा खेल्ने क्रममा नजिक भए । आपसमा मायाँप्रेम गाँसे । अनि मायाँ प्रेमलाई सफल पार्न बैबाहिक सम्बन्धमा बाँधिए । यसरी नेपाली चलचित्रमा नायक नायिकाको रुपमा सँगै काम गर्दा गर्दै प्रेमसम्बन्ध गाँसिएपछि विवाह गरेका ती १२ जोडी अभिनेता अभिनेत्रीहरुको यहाँ यहाँ चर्चा गर्दैछौं ।

आयुष्मान देसराज जोशी र प्रियँका कार्की


चलचित्रमा काम गर्ने क्रममा प्रेम सम्बन्धमा जोडिएका एक जोडी अयुष्मान देसराज जोशी र प्रियँका कार्की हुन् । प्रियँका र आयुष्मानको पहिलो पटक एउटा म्युजिक भिडियोमा काम गर्ने क्रममा प्रेम सम्बन्ध गाँसिएको थियो । त्यसपछि यी जोडी घनिष्ट भएका हुन् । यसरी प्रेम सम्बन्धलाई अगाडि बढाउने क्रममा यी जोडीले चलचित्र छक्का पञ्जा २, कथा काठमाडौं, प्रेम दिवसलगायतका चलचित्रमा सँगै काम गरे ।

प्रियँका र आयुष्मानले सोही क्रममा आयँका फाउन्डेन खोलेर सामाजिक अभियान पनि सुरु गरे । आफुहरुको प्रेम सम्बन्धलाई सार्थक तुल्याउन यी जोडी गत १५ फागुनमा बैवाहिक सम्बन्धमा बाँधिएका हुन् । नेपाली चलचित्रमा प्रेमसम्बन्ध पछि विवाह गरेका पछिल्ला जोडी आयुष्मान र प्रियँका हुन् । उनीहरु विवाहपछि पनि चलचित्रमा सक्रिय हुँदैछन् ।

सँजोग कोईराला र वर्षा राउत


अहिलेकी व्यस्त अभिनेत्री वर्षा राउत र अभिनेता सँजोक कोईरालाको पनि सिनेमामा काम गर्ने क्रममा चिनजान भएको हो । यी दुईले पनि पाँच वर्ष लामो प्रेम सम्बन्धपछि प्रेम विवाह गरेका हुन् । ६ वर्ष अघि चलचित्र सरी ल मा अडिसन दिने क्रममा यी जोडीको भेट भएको थियो । त्यसपछि उनीहरुबीच प्रेम सम्बन्ध गाँसियो । तर यी दुबै जनाले पछि सो चलचित्रमा काम गरेनन् । वर्षाले चलचित्र नाई नभन्नु ल ४ बाट र सँजोगले चलचित्र उत्सबबाट डेब्यु गरेका हुन् ।

प्रेम सम्बन्धमा जोडीएपछि वर्षा र सँजोगले कफीसप, इन्टेरियर डिजाईन लगायतको व्यापार पनि पाटनरसिपमा सुरु गरे । यसरी काम गर्ने क्रममा सँजोग र वर्षाले छक्का पञ्जा दुई सहित थुप्रै चलचित्रमा जोडी भएर काम गरे । आफुहरुको पाँच वर्ष लामो प्रेम सम्बन्धलाई सार्थक बनाउन यी जोडीले २०७५ फागुनमा विवाह गरेका थिए । विवाह पछि पनि अभिनेत्री वर्षा राउत नेपाली चलचित्रमा सक्रिय छिन् । उनी अहिले तीन ओटा नेपाली चलचित्रमा नायिकाको रुपमा अनुबन्धित भएकी छिन् ।

सविन श्रेष्ठ र अनु शाह


चलचित्रमा सँगै काम गर्दा गर्दै मायाँ प्रेममा गाँसिएका अर्का जोडी अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह हुन् । यी दुईको म्युजिक भिडियोमा काम गर्ने क्रममा घनिष्टता बढेको थियो । त्यसपछि सबिन र अनुले चलचित्रमा पनि सँगै काम गरे ।

यसरी फिल्ममा काम गर्दा यी जोडी निकै घनिष्ट भए । उनीहरुको अन्तरजातीय प्रेम सम्बन्धलाई सुरुमा परिवारले स्विकारेनन् । त्यसैले सविन र अनुले सुटुक्क प्रेम विवाह गरेका हुन् । गत वर्ष दाम्पत्य सम्बन्धमा गाँसिएका यी जोडीले त्यसपछि भने सँगै फिल्म खेलेका छैनन् । विवाहपछि पनि यी जोडी म्युजिक भिडियोमा सक्रिय छन् । अभिनेता सविनको भने गृह व्यानरमा निर्माण भएको चलचित्र हिरो रिर्टन्स रिलिजको तयारीमा छ ।

अनुप बराल र दिया मास्के


नाट्यकर्मी तथा अभिनेता अनुप बराल र अभिनेत्री दिया मास्केको पनि प्रेम सम्बन्धपछि अन्तरजातीय विवाह भएको हो । अनुपसँग दियाको एक्सर्ट स्टुडियोमा भेट भएको थियो । अनुपले सञ्चालन गरेको सो स्टुडियोमा दिया एक्टिङ सिक्न गएकी थिईन् । त्यसपछि थुप्रै नाटकमा अनुप र दियाले नायक नायिका भएर काम गरे ।

यी जोडीले केही फिल्ममा पनि सँगै काम गरे । यसरी काम गर्दै जाँदा उनीहरुबीच प्रेम सम्बन्ध झन गाढा भयो । त्यसपछि यी दुईले आफ्नो प्रेम सम्बन्धलाई सँधैका जोड्न विवाह गरे । विवाहपछि अनुप नाटक र चलचित्रमा व्यस्त छन् । अभिनेत्री दिया भने तीन वर्ष यताबाट रियालिटी शो रोडिजमा व्यस्त छिन् ।

बिजय बराल र प्रमिला खनाल


कबड्डी सिरिज लगायतका थुप्रै चलचित्रका हाँस्य अभिनेताको भूमिका निर्वाह गरेर चर्चामा आएका बिजय बराल र अभिनेत्री प्रमिला खनालको पनि अभिनयकै क्रममा मायाँप्रेम बसेको हो । यी दुईले पनि प्रेम विवाह गरेका हुन् ।

काठमाडौंका अनामनगर स्थित मण्डला थिएटरमा नाटक खेल्ने क्रममा यी जोडीको भेट भएको थियो । त्यसपछि बिजय र प्रमिलाले केही नाटक र चलचित्रमा सँगै काम गरे । आफुहरुको गुपचुप प्रेम सम्बन्धलाई साथैक पार्दै यी जोडीले गत वर्ष विवाह गरेका हुन् । विवाह पछि पनि यी जोडी नाटक, म्युजिक भिडियो, फिल्ममा व्यस्त छन् ।

जीवन भट्टराई र लक्ष्मी वर्देवा


यस्तै अभिनेता जीवन भट्टराई र अहिलेकी व्यस्त नायिका लक्ष्मी वर्देवाको पनि प्रेम विवाह गत वर्ष भएको हो । यी जोडी पनि सिनेमामा सँगै काम गर्दा नजिक भएका हुन् । यी दुईको सुरुमा नाटकमा काम गर्ने क्रममा चिनजान भएको थियो । नाटकपछि लक्ष्मी र जीबनले आधा दर्जन चलचित्रमा सँगै काम गरे ।

आफुहरुको प्रेम सम्बन्धलाई सार्थक तुल्याउन यी जोडीले पनि गत वर्ष अन्तरजातीय प्रेम विवाह गरेका हुन् । विवाह पछि पनि जीवन र लक्ष्मीले विभिन्न चलचित्रमा सँगै काम गरिरहेका छन् । जीवन चलचित्रमा नायक भन्दा चरित्र भूमिकामा बढी देखिने गरेका छन् । पछिल्लो समय यी जोडीको एकपछि अर्को गर्दै म्युजिक भिडियो चर्चामा छ ।

कृष्ण मल्ल र शर्मिला मल्ल


यस्तै अग्रज अभिनेता कृष्ण मल्ल र अग्रज अभिनेत्री शर्मिला मल्लको पनि प्रेम विवाह हो । यी दुईको चलचित्रमा काम गर्दा गर्दै मायाँ प्रेम बसेको हो । २०४१ सालमा चलचित्र बासुदेबमा अभिनेता कृष्ण र अभिनेत्री शर्मिलाले पहिलो पटकसँगै काम गरेका हुन् । त्यतिबेला शर्मिला शाहको नामले परिचित थिईन् । शर्मिला र कृष्णको प्रेम चलचित्र कान्छीसम्म पुग्दा झनै गाढा भयो । अन्तत आफुहरुको प्रेम सम्बन्धलाई सार्थक तुल्याउन कृष्ण मल्लले शर्मिला शाहसँग विवाह गरे । अभिनेता कृष्णको दोश्रो पत्नी शर्मिला मल्ला हुन् ।

त्यसपछि पनि कृष्ण मल्ल र शर्मिला मल्लले बादल सहित थुप्रै फिल्ममा सँगै काम गरे । यी जोडीले फिल्म निर्माण पनि गरे । कृष्ण मल्ल अभियान र फिल्म सोसाईटीमार्फत चलचित्र क्षेत्रमा सक्रिय छन् । अहिले यो जोडी नेपाली चलचित्र उधोगमा आदर्श पति पत्नीको रुपमा परिचित छन् ।

सरोज खनाल र सूर्यमाला शर्मा


नाटक र टेलि चलचित्र हुँदै चलचित्रमा समेत जोडी भएर खेलेका अभिनेता सरोज खनाल र अभिनेत्री सूर्यमाला शर्माको पनि प्रेम विवाह हो । यो जोडीको नाटक तथा टेली चलचित्रमा नायक नायिका भएर काम गर्ने क्रममा मायाँप्रेम गाँसिएको थियो । केही वर्षको प्रेम सम्बन्धलाई पूर्णता दिँदै सरोज र सूर्यमाला शर्माले प्रेम विवाह गरेका हुन् । उनीहरुको जोडीलाई पनि नेपाली चलचित्रमा आदर्श दम्पतिको रुपमा हेरिने गरेको छ ।

मणिराज लवट र हिसिला महर्जन


चर्चित नेवारी चलचित्र राजमतिका नायक मणिराज लवट र नायिका हिसिला महर्जन पनि श्रीमान श्रीमती हुन् । हिसिला र मणिराजको चलचित्र राजमतिमा काम गर्ने क्रममा चिनजानसँग मायाँप्रेम बसेको थियो । यो फिल्म हिट भयो । यी जोडीको प्रेम अझ गाढा भयो । त्यसपछि उनीहरुले विवाह गरे । विवाह पछि पनि हिसिला र मणिराजले नेपाली सहित केही नेवारी फिल्ममा नायक नायिकाको रुपमा काम गरेका छन् ।

श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का


अन्तरजातीय प्रेम विवाह गर्ने अर्का जोडी नायक नायिका श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का हुन् । यी दुईले पनि चलचित्र खेल्ला खेल्दै प्रेम विवाह गरेका हुन् । श्रीकृष्ण र श्वेता बीच पहिलो चलचित्र कहाँ भेटिएलामा सँगै काम प्रेम सम्बन्ध बसेको थियो । यो चलचित्र सुपर हिट भयो । त्यसपछि यी जोडीले दुई ओटा चलचित्र श्रीमान श्रीमती र कोहिनुरमासँगै काम गरेका थिए ।

चलचित्र कोहीनुर रिलिज भन्दा डेढ महिना यी जोडीले विवाह गरेका थिए । विवाहको डेढ महिना नुपग्दै अभिनेता श्रीकृष्णको दुःखद निधन भयो । त्यसपछि अभिनेत्री श्वेताले श्रीकृष्णप्रति समर्पण गर्दै चलचित्र कान्छी बनाईन् । कान्छीमा उनी मुख्य भूमिकामा थिईन् । यो फिल्म पनि व्यबसायिक रुपमा सफल भयो ।

भुवन केसी र सुस्मिता केसी


अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता केसी बमजन पनि एक समयका श्रीमान श्रीमती हुन् । तर यी जोडीले भने प्रेमसम्बन्धपछि मात्र फिल्ममासँगै काम गरेका हुन् । अभिनेता भुवन केसीको सफलत चलचित्र करोडपछि देखि साथी म तिम्रोसम्म आधा दर्जन चलचित्र सफल बनाउन सुस्मिताको हात थियो । उनी यी चलचित्रमा नायिका समेत थिईन् । पछि यी दुईको सम्बन्ध बिच्छेद भयो ।

त्यसपछिबाट अभिनेता भुवन केसी अभिनेत्री जिया केसीसँग ५ वर्षदेखि दम्पत्य सम्बन्ध ( लिभिङ टुगेदर)मा छन् । यद्यपी उनीहरुले विवाहको घोषणा भने गरेका छैनन् । २०७० सालबाट सुरु भएको प्रेमसम्बन्धलाई सार्थक दिन भुवन र जिया २०७२ सालको भूकम्पपछि यी जोडी सँगै बस्दै आएका छन् । उमेरले २६ वर्ष फरक भए पनि उनीहरु अहिले लिभिङ टुगेदरको सम्बन्धमा छन् । भुवन केसी दुई अभिनेत्रीलाई भित्राउन नायकका रुपमा परिचित छन् । केही फिल्म खेलेकी जीयाले फिल्ममा सफलता हाँसिल गर्न सकिनन् । उनी त्यसपछिबाट भुवन केसीसँग छिन् । सँगै बसेपछि भने उनले भुवन केसी र बाहिरी व्यानर कसैको पनि फिल्म खेलेकी छैनन् ।

सिपी लोहनी र माला सिन्हा


त्यसो त नेपालमा प्रेम विवाह गर्ने पहिलो जोडी नायक नायिकाको रुपमा अभिनेता सिपी लोहनी र अभिनेत्री माला सिन्हा परिचित छन् । नीजि क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र माइतीघरका अभिनेता सिपी र अभिनेत्री मालाले काम गरेका थिए ।

यी दुईको पनि मुम्बईमासँगै फिल्म खेल्ने क्रममा प्रेम सम्बन्ध बसेको थियो । त्यसपछि उनीहरुले आफ्नो प्रेमलाई जीवन्त दिन विवाह गरेका हुन् । नेपालीसँगै बलिउडमा चलचित्र उधोगमा पनि सिपी लोहनी र माला सिन्हा आदर्श दम्पतीको रुपमा परिचित छन् ।