नेपालगञ्जमा फेरी ७ जनामा कोरोना, नेपालगञ्जमै सँक्रमित २३ जना पुगे


ब्युटी न्युज नेपाल
नेपालगञ्ज, २३ बैशाख

नेपालगञ्जमा फेरी थप ७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो ७ जनासँगै नेपालगञ्जमा कोरोना सँक्रमितको सँख्या २३ जना पुगेको छ । आज भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप सात जनामा कोरोना पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति मार्फत जनाएका छन् ।

अधिकारीका अनुसार संक्रमित थप ७ जनाहरुमा तीन पुरुष र चार महिला छन् । याँ ७ जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । उनीहरु नेपालगञ्ज–८ निवासी २२, ३० र४० वर्षका पुरष छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिलाहरु छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । सउनीहरु स्वास्थ्यकर्मीको निनगरानीमा छन् । यसरी शनिबार बिहान मात्र थप ७ जनामा कोरोना सँक्रमण पुष्टी भएपछि नेपालमा कोरोना सँक्रमितको सँख्या ८२ जना पुगेको छ । जसमा ६२ जना पुरुष र २० जना महिला रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ जोलाहनपुर्वाका ६० बर्षीय एक बृद्धमा गत शुक्रबार मात्र कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उनीसँग सम्पर्कमा रहेका ९४ जनाको स्वाव शनिबार शँकलन गरेर नेपालगञ्जमा परीक्षणमा पठाईयो ।

सो परीक्षणबाट २३ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । गाँउका ती सबै ब्यक्तिमा उनीबाटै कोरोना सरेको आशंका गरिएको छ ।
यसरी २३ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले नेपालगन्जको जोलाहनपुर्वा क्षेत्र र डिएसपी रोड क्षेत्रलाई पूर्ण रुपमा सिल गरेको छ । त्यस क्षेत्रलाई कडा सुरक्षा निगरानीमा राखिएको छ ।

यसअघि नेपालगन्जबाट शनिबार गरिएको स्वाब परीक्षणमा पहिलो चरणमा ३० जनाको रिपोर्ट आउँदा ९ जनालाई कोरोना संक्रमण र दोश्रो चरणमा २५ जना परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । बाँकी रहेका ३४ जनाको रिपोर्टमा आज ७ जनालाई कोरोना पुष्टि भएसँगै सम्बन्धित व्यक्ति नरेश श्रेष्ठले ब्युटी न्युज नेपालसँग भने । उनका अनुसार यी सँक्रमितहरुको अबस्था अहिलेसम्म सामान्य छ । सुरुमा सँक्रमित देखिएका ६० वर्षीय पुरुषको घर परिवारका सातै जनालाई कोरोना सँक्रमण देखिएको छ ।