अमेरिकन आईडलको उत्कृष्ट १० मा दिवेश


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ बैशाख

अमेरिकाको रियालिटी शो अमेरिकन आईडल २०२० मा अथर गनका नामले परिचित नेपाली युवा दिवेश पोखरेल उत्कृष्ट १० मा पुगेका छन् । कोरोना सँक्रमणका कारण अनलाईन बाटै आफ्नो गीत प्रस्तुत गरेका दिवेशले जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै आफुलाई उत्कृष्ट १० मा परेका छन् ।

उनको यो गीत प्रस्तुतिको पनि निर्णयकहरुले खुलेर प्रसँसा गरे । बब मार्लिन र जोन डेनभरको गीत दिवेशले साह्र्रै राम्ररी प्रस्तुत गर्ने गरेको निर्णयकहरुले बताए । उनलाई अघिल्लो राउन्ड उत्कृष्ट ५ मा पर्न पनि निर्णयकहरुले शुभकामना दिए । गायक दिवेशले सो क्रममा धन्यबाद ज्ञापन गरे । आफु उत्कृष्ट १० मा पुगेपछि उनले सबै सहयोगीलाई धन्यबाद ज्ञापन गरेका छन् । ६ वर्ष अघि उच्च शिक्षाको लागि अमेरिका गएका दिवेश काठमाडौं निवासी हुन् । उनी २ वर्ष यताबाट अमेरिकामा सँगीतमा सक्रिय छन् ।