ब्युटी न्युज नेपाल
काठमाडौ, १९ बैशाख

मे १ लाई विश्व भरका मजदुरहरुले अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाएका छन् । कतीपय मुलुकमा लक डाउनका कारण श्रमिकहरु भोकै बस्न बाध्य छन् ।

यही समस्यालाई मध्यनजर राख्दै सामाजिक अभियान्ता मोहन कुमार बस्नेतले १३१ औं अन्तर्रािष्ट्रय श्रमिक दिवसमा करिब ३०० जना श्रमिकहरुलाई विभिन्न खाद्यान्न सामाग्री वितरण गरेका छन् ।

बस्नेत नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष हुन् । लकडाउनका कारण समस्यामा रहेका ज्यालादारी एवं स्वरोजगार श्रमिकहरुलाई श्रमिक दिवसको अवसर पारेर उनीहरुको घर घरमै पुगेर बस्नेतले खाद्यान्न वितरण गरेका हुन ।

कोषाध्यक्ष बस्नेतले लकडाउनका कारण दैनिक छाक टार्न गारो अवस्थामा पुगेको श्रमिकहरुलाई एक ट्रेड युनियनकर्मी भएको नाताले श्रमिक दिवसको दिन श्रमिकको दुःखमा साथै दिएको बताए । मजदुरको पीडालाई नजिकबाट बुझेका बस्नेतले अहिले मजदुरहरु सँकटको अबस्थामा रहेकाले आफुले यती भए पनि सहयोग गरेको जनाएका छन् ।

आफुलाई दिनकै सयौ जनाको फोन आउने गरेको र मजदुरको दुख सुनेर त्यसै बस्न नसकेको बताउँदै लकडाउनका आफुले घर घर पुगेर सहयोग प्रदान गरेको जानकारी बस्नेतले दिए ।

बस्नेतले विभिन्न सामाजिक संघ संस्थामा नेतृत्व गरिसकेको र सामाजिक क्रियाकलापमा जहिले अगाडि सरि समाजलाई योगदान गर्दै आएका छन् । सामाजिक अभियान्ता बस्नेतले यस अघि पनि समस्यामा परेका नागरिक, वृद्ध आश्रम, बाल आश्रममा पनि विभिन्न खाद्यान्न सामाग्रीहरु निशुल्क वितरण गरेका थिए ।