बिस्फोटमा निधन भएका चार बालबालिको शब उठाईयो, दाङमा पोष्टमार्टम हुँदै


ब्युटी न्युज नेपाल
रोल्पा १९ बैशाख

बेबारिसे बम बिस्फोट भएर बिहिबार बेलुका निधन भएका त्रिवेणी गाउँपालिकाका, वडा नं. ७ को माइतेकापिना बन, रोल्पाका चार बालबालिकाको शव घटना स्थलबाट केही क्षण अघि उठाईएको छ । उनीहरुको शबलाई रोल्पाबाट पोष्टमार्टमका लागि दाङ पठाईएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी गराएका छन् । ती शबहरुलाई प्रहरी र गाउँलेले बेलुका साँढे पाँच बजेबाट रातभर सुरक्षा दिएका थिए ।

‘बिहिबार बेलुका साँढे ५ बजेतिर बाख्रा चराएर फर्कने क्रममा बेबारिसे बम पड्कँदा ४ बालबालिकाको घटना स्थलमै मृत्यु भएको थियो । उनीहरुको शब भएको ठाउँमा अर्को पनि बम भएका कारण शबलाई त्यहाँबाट उठाउन सकिएको थिएन ।’ अध्यक्ष वलीले भने, ‘दाङको घोराहीबाट यहाँ आएका नेपाली सेनाको टोलीले अगी १२ बजेतिर बालबालिका शबलाई त्यहाँबाट निकालेका हुन् र पोष्टमार्टमको लागि दाङ पठाईएको छ ।’ अर्को बमलाई पनि यहाँको बम निस्कृय तुल्याएका छन् ।’

शुक्रबार प्रदेश नं ५ का कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम), दाङको तुलसीपुरबाट प्रदेश नं ५ का प्रदेश प्रमुख रविन्द्रप्रताप धानुक लगायतका प्रहरी अधिकारीहरु पनि घटना स्थलमा आएको अध्यक्ष वलीले बताए । तत्कालीन नेकपा माओवादी र सरकारी सुरक्षा फौजका बीच २०६२ सालमा माइतेकापिना वनमा माओबादी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो । सोही क्रममा फाल्दा नपड्किएको बम हुनसक्ने अनुमान गरिएको छ । सोही वन क्षेत्रको गुफाहरुमा लुकाएर राखेका बम तथा विष्फोटक पदार्थ ठूलो मात्रामा केही वर्ष पहिले प्रहरीले फेला पारेको थियो ।

सो विष्फोटमा परी त्रिवेणी गाउँपालिका वडा नं ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, त्रिवेणी ४ का लक्ष्मण नेपालीका मामा घरमा गएका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगीको घटनास्थलमै मृत्यु भएको हो ।