बीरगञ्जमा पाईप गोदाममा रहस्यमय आगलागी


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ बैशाख

वीरगञ्ज महानगरपालिकाको कामना र मनकामना प्लास्टिक पाईप फ्याकट्रीको गोदाममा आज दिउँसो आगलागी भएको छ । गोदाममा कसरी आगलागी भयो भन्नेबारेमा खुल्न नसकेको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाको २ वटा वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सो आगामी दिउँसो सबा २ बजे नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

आगलागीको कारण सो क्षेत्र निकैबेरा धुवाँमय भएको थियो । सो गोदाममा अकस्मत कसरी आगलागी भयो भन्नेबारे आफुहरु अन्यौलमा रहेको कामना र मनकामना पाईप फ्याक्ट्रीका सञ्चालक विनय नेपालले सञ्चारकर्मीलाई बताएका छन् । आगलागीबाट भएको क्षतीको यकिन अझै हुन सकेको छैन । सो बारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।