१२ घन्टादेखि १६० यात्रु अलपत्र, जबरजस्ती काठमाडौं छिर्ने प्रयास


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ बैशाख

लकडाउन उलँघन गरेपछि गृह मन्त्रालयले लक डाउन कडाई गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदा बिगत ११ घन्टा देखि थानकोटा (नागढुँगा) मा १६० जना यात्रु अलपत्र छन् ।

उनीहरुलाई हिजो बेलुका विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका हो । त्यो क्षेत्रमा लक डाउनले होटल पसल सबै बन्दहुँदा यात्रु भोकले आकुल छन् । उनीहरु त्यहाँ बिहान ५ बजे आईपुगेका हुन् ।

उनीहरु कोही काठमाडौं बासी हुन भने कोही काम जरुरी काम परेका काठमाडौं आएका हुन् । उनहरुलाई ७ ओटा गाढीमा पठाईएको थियो । धेरै जसो गाडीहरु यात्रुलाई त्यहाँ छाडेर फर्किसकेका छन् । त्यहाँ जोमसोम र बिर्तामोडलबाट आएका यात्रु पनि अलपत्र छन् ।

उनीहरुलाई सुरुमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं छिर्न रोक लगाएको हो । तर व्यापक बिरोध आएपछि काठाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली, ट्राफिक प्रहरी प्रमुख भीम ढकाललगायत नागढुंगा, थानकोटमा पुगेर यात्रीहरुलाई भेटेका छन् । उनीहरुलाई फर्काउन सुरक्षाकर्मीलाई आदेश दिईएपछि अहिले यो कार्यको सवत्र विरोध भएको छ । केही यात्रीहरु त्यहाँबाट पैदलै हिड्ने तरखरमा छन् । आफुहरुको गाडी फिर्ता भएको र फेरी बिराटनगर फर्कन सक्ने अबस्था नरहेको यात्रुहरुले बताएका छन् । उनीहरु जस्तो सजय भए पनि पैदलै काठमाडौं छिर्ने पक्षमा छन् । तर सुरक्षाकर्मीले उनीहरुलाई छिर्न दिएको छैन ।