नाम गोप्य राख्दै चलचित्र निर्देशकलाई राहत


ब्यटुी न्युज नेपाल
काठमाडौं, १५ बैशाख

नेपाल चलचित्र निर्देशक समाजले अहिले काठमाडौंमा रहेर छाक टार्न समस्या परेका निर्देशक तथा सह निर्देशकहरुलाई राहत प्रदान गर्ने घोषणा गरेको छ ।

कोरोनाका कारण मुलुक ३५ दिन देखि लक डाउनमा रहेको बेला चलचित्रको काम बिगत लामो समय देखि ठप्प छ । जसका कारण कैयौं निर्देशक तथा सह निर्देशकहरु अहिले काम बिहिन अबस्थामा छन् । कतीपय निर्देशक तथा सह निर्देशकहरुलाई छाक टार्न समस्या परेपछि आफुहरुले राहत घोषणा गरेको समाजले एक विज्ञप्ति मार्फत जनाएको छ ।

निर्देशक समाजको सोमबार बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । सो ज्ञिप्तिमा भनिएको छ,‘कोरोना संक्रमणको महामारीको अवस्थामा चलचित्र क्षेत्रको निर्देशन विधामा काम गर्ने सहायक निर्देशक, मूख्य सहायक निर्देशक वा निर्देशकज्यूहरुलाई यस महामारीको कारणबाट दैनिक खानपान र स्वास्थ्यको समस्या पर्न गएको खण्डमा यथाशिघ्र सम्पर्क गर्न आग्रह गर्दछौं ।’ समाजबाट राहत लिने निर्देशकहरुको नाम गोप्य राखिने पनि निर्देशक समाजको विज्ञप्तीमा उल्लेख छ ।