२५ बैशाखसम्म लक डाउन थपियो


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषदको बैठकले लकडाउनलाई २५ बैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ । मुलुकमा कोरोना सँक्रमण अझै बढेपछि मन्त्रिपरिषद्को बैठकले पाँचौ पटक पनि लकडाउन थप्ने निर्णय गरेको हो ।

गत ३ बैशाखबाट सरकारले १५ बैशाखसम्म यस अघि लक डाउन घोषणा गरेका थियो । १६ बैशाखबाट एक सातासम्म लक डाउन हुने अनुमान धेरैको थियो । तर सरकारले आगामी २५ बैशाखसम्मका लागि लक डाउन थपेको छ ।

आईतबारमात्र बीरगञ्जमा दुई जना र झापामा एक जना गरी तीन जना नयाँ कोरोना सँक्रमित थपिएका छन् । यो सहित नेपालमा कोरोना सँक्रमितको सँख्या आईतबार रातीसम्म ५२ जना पुगेको छ । यसरी कोरोना सँक्रमित बढ्ने क्रम जारी रहेकाले अहिलेको अबस्थामा लक डाउनले नै कोरोना सँक्रमणलाई रोक्न सकिने मन्त्री परिषदको निस्कर्ष रहेको छ । सोही कारण आज बसेको बैठकले पाँचौ पटक लक डाउन थपेर बैशाख १६ बाट बैशाख २५ गतेसम्म पुर्याएको हो ।