कोरोना जितेर यी १० जना घर फर्किए, ५ जना घर फर्कने तयारीमा


ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, १३ बैशाख

नेपालमा अहिलेसम्म कोरोना सँक्रमितको सँख्या ४९ जना पुगेको छ । तर सुखद खबर अहिलेसम्म  कोरोना सँक्रमणबाट कसैको पनि ज्यान गएको छैन । । यसरी सँक्रमित ४९ जना मध्य शनिबार मध्यान्नसम्म १० जना घर फर्किसकेका छन् । शनिबार बेलुका तथा आईतबार बिहानसम्म अरु पाँच जना उपचार पछि घर फर्कने भएका छन् ।

बीरगञ्जको आईसोलेसनमा रहेका चार जनाको पनि पछिल्लो कोरोना भाईरस रिपोर्ट नेगेटिभ आएको छ । जस मध्य भारतबाट आएका तीन जना मुस्लिम धर्म प्रचारकहरुमा ३० चैतमा कोरोना सँक्रमण देखिएको थियो । अर्का एक युवा सर्लाहीका हुन् । उनीहरु पनि चाँडै घर फर्किन सक्ने चिकित्सकहरुले बताएका छन् । यि चार जना फर्किएपछि कोरोना निको हुनेको सँख्या १४ पुग्ने छ ।

यस्तै चितवनको राप्ती नगरपालिका ८ का कोरोना संक्रमित २७ वर्यीय युवक पनि कोरोना भाइरस मुक्त भएका छन् । कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । उनी गत ५ चैतमा बेलायतबाट नेपाल आएका थिए ।
भरतपुर अस्पतालमा उनको शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको भनाईमा ती युवकको बिहीबार गरिएको पहिलो परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो छोरा कोरोना मु्क्त भए पनि ती युवाकी ६३ वर्षीया आमाको भने अझै कोरोना सँक्रमित छिन् । उनको रिपोर्ट पोजेटिभ नै आएको छ । त्यसैले उनलाई अझै अस्पतालमा नै राखिने सूचना अधिकारी पौडेलले बताए ।

यसरी बीरगञ्ज र चितवनमा उपचार र ५ जनाको कोरोना भाईरस परिक्षण नेभेटिभ आएका अब उनीहरु घर फर्किएपछि कोरोनाबाट निको हुनेको सँख्या १५ जना पुग्ने भएको छ ।

तीन जना कोरोना संक्रमित व्यक्ति बिहीबार एकैदिन निको भएर घर फर्किए । निको हुनेमा बेलायतबाट आएका पेप्सीकोला अपार्टमेन्टमा बस्ने ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष थिए । उनीहरू आमा छोरा हुन् । उनीहरुलाई २ बैशाखमा कोरोना सँक्रमण देखिएको थियो । सोही दिन पाटन अस्पताल भर्ना भएका उनीहरूलाई बिहीबार दिउँसो अस्पतालले डिस्चार्ज गरेको हो ।

उता कैलालीस्थित सेती अञ्चल अस्पतालमा उपचार र कैलालीको लम्कीचुहा नगरपालिकाकी ६५ वर्षीया महिलाको उपचारपछि निको भएर बिहिबार घर फर्किएकी हुन् । यो सहित नेपालमा निको हुनेहरुको संख्या १० पुगेको छ । वीरगञ्जमा चिया पसल गरेर बस्ने ती महिला लकडाउन हुनुअघि कैलाली पुगेकी थिइन् । त्यहाँ रहँदा उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यस अघि सेती अञ्चल अस्पतालबाट दुई जना कोरोना सँक्रमण ठिक भएर घर फर्किसकेका छन् । जसमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय युवक कोरोनामुक्त भएर अस्पतालबाट ७ बैशाखमा डिस्चार्ज भएका घर फर्किसकेका छन् । उनी नेपालका आठौं सँक्रमित हुन् ।

यस्तै नेपालको चौथो कोरोना सँक्रमित धनगढीका ३४ वर्षीय पुरुष पनि गता साता सेती प्रादेशिक अस्पताल धनगढीबाट डिस्चार्ज भईसकेका छन् । यीपुरुषलाई गत १४ चैतमा कोरोना सँक्रमण देखिएको थियो । ती पुरुष दुबईबाट आएका थिए । उनीबाट उनको ३४ वर्षीय भाउजुमा पनि कोरोना सँक्रमण सरेको थियो । गत २२ चैतमा सँक्रमण देखिएकी उनको भाउजुको भने अहिले उपचार जारी छ । सेती अञ्चल अस्पतालमा अब एकजना संक्रमितको मात्र उपचार भैरहेको सो अस्पतालले जनाएको छ ।

यस्तै कोभिड १९बाट संक्रमण भएर अस्पता भर्ना भएकी बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज भएकी छन् । उनी पनि बिदेशबाट आएकी सँक्रमित हुनु । उनी बैशाख ६ गते ठिक भएर अस्पतालबाट घर फर्किएकी हुन् । उनी नेपालमा कोरोना संक्रमित छैटौं बिरामी हुन् । धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराएकी ६५ वर्षीया वृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालले गत शनिबार डिस्चार्ज गरेको हो ।

नेपालकी दोश्रो कोरोना सँक्रमित मैतिदेबीका युवती प्रसिद्धी श्रेष्ठ बैशाख ६ गते नै टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ठिक भएर घर फर्किएकी हुन् । उनलाई चैत १० मा कोरोना सँक्रमण देखिएको थियो ।

नेपालको पाँचौ कोरोना संक्रमित युवती अन्सु सापकोट पनि बागलुङको धवलागिरी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएकी हुन् । उनी बेज्लियमबाट चैत ४ गते काठमाडौं आएकी हुन् । फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठ आएकै एउटै जहाजबाट उनी आएकी थिईन् । चैत्र १५ गते सापकोटामा पनि संक्रमण पुष्टि भएको थियो । आफुले कुनै पनि औषधी नलिएको र आफ्नो इच्छा शक्तिले ठिक भएको अन्सुले दाबी गरेकी छिन् ।

त्यसपछि सँक्रमित भेटिएका धादिङका ३२ वर्षीय युवा पनि गत आईतबार नै पनि यस अघि नै घर फर्किसकेका छन् । टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ठिक भएर उनी घर फर्किएका हुन् । उनी नेपालका तेश्रो सँक्रमित हुन् । गत चैत ६ गते दुबईबाट काठमाडौं आएका उनलाई गत चैत १२ गते कोरोना सँक्रमण देखिएको थियो । यसरी १० जना सँक्रमितहरु कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

कोरोना सँक्रमणबाट ६० वर्ष माथिकाहरुलाई उपचार गर्न युरोप तथा अमेरिकी मुलुकमा गाह्रो भएको छ । तथापि नेपालमा भने बृद्ध बृद्धाहरु पनि उपचार पछि घर फर्किएका छन् । काठमाडौंको पेप्सीकोला अपार्टमेन्टमा बस्ने ८१ वर्षीया महिला अस्पताल भर्ना भएको १० दिन मै पूर्ण स्वास्थ्य भएर घर फर्किईन् । बृद्ध बृद्धा पनि समयमै उपचार पाएमा निको भएर घर फर्किन्छ भन्ने उदाहरण यतीबेला यी आमा बनेकी छिन् । यस्तै बागलुङ र कैलालीकी ६५ वर्षीया दुबै महिला उपचार पछि घर फर्किएर अहिले आफ्नो दैनिक कार्यमा सक्रिय भईसकेका छन् ।