उदयपुर र जनकपुरमा थप १/१ जनालाई कोरोना, ४७ पुगे सँक्रमित


युटी न्युज नेपाल
काठमाडौं, ११ बैशाख

नेपालमा फेरी २ जना कोरोना भाईरस सँक्रमित थपिएका छन् । उदयपुरको त्रियुगा नगरपालिका, भूल्के स्थित नूर मस्जिद क्षेत्रकी एक ५५ वर्षीया महिलामा कोरोना सँक्रमण देखिएको छ ।

काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालामा गरिएको परिक्षणमा बिहिबार उनको कोरोना भाइरस नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताएका छन् ।

यस्तै बिहिबार जनकपुरमा पनि कोरोना सँक्रमित भेटिएको छ । काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालामा गरिएको परिक्षणमा जनकपुरका १४ वर्षीय एक किशोरको कारोना सँक्रमण पोजेटिभ देखिएको हो । उनलाई कसरी सर्यो भन्ने बारेमा बिस्तृत जानकारी आउन बाँकी छ ।

यसरी बिहिबार बेलुकासम्म नेपालमा कोरोना सँक्रमित ४७ जना पुगिसकेको छ । जस मध्य हालसम्म ९ जना उपचार पछि ठिक भएको घर फर्किएको पनि डा. विकाशले बताएका छन् ।