कोरोनाबाट विश्वमा मृतकको सँख्या १ लाख ८५ हजार नाघ्यो


जेनेभा
एजेन्सी, ११ बैशाख

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसले मानिसको ज्यान लिने क्रम तिब्रसँग बढेको छ । कोरोना सँक्रमणबाट बिहिबार अपरान्हसम्म विश्वमा १ लाख ८५ हजार ०६१ जनाको मृत्यु भएको छ । यस्तै बिहिबार अपरान्हसम्म कोरोना सँक्रमितको ब्यक्तिको सँख्या २६ लाख ५३ हजार ८९९ पुगेको छ । यस्तै यतीबेलासम्म ५८ हजार १५२ जना गम्भिर अबस्थामा छन् । सँक्रमित मध्य ७ लाख २७ हजार ८५७ जनालाई अहिलेसम्म ठिक भईसकेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बिहीबार अपरान्हसम्म संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी ४७ हजार ६८१ जनाको मृत्यु भएको छ । अमेरिकामा सँक्रमितको सँख्या ८ लाख ४९ हजार ९२ पुगेको छ । यता युरोपेली मुलुकहरुमा मृतकको संख्या अहिलेसम्म १ लाख ११ हजार २७८ जना पुगेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ८५ जना, स्पेनमा २१ हजार ७१७ जना, फ्रान्समा २१ हजार ३४०, बेलायतमा १८ हजार १०० जना, बेल्जियममा ६ हजार २६२ जनाको कोरोनाबाट ज्यान गएको छ । यस्तै जर्मनीमा ५ हजार ३१५ जना, नेदरल्यान्ड्समा ४ हजार ५४ जना, स्वीडेनमा १ हजार ९३७ जना, स्वीट्जरल्यान्डमा १ हजार ५०९ जनाको कोरोना सँक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ३९१ जनाको यो सँक्रमणबाट ज्यान गाएको छ । छिमेकी मुलुक अहिलेसम्म चीनमा ४ हजार ६३२ जनाको कोरोनाले ज्यान लिईसकेको छ । यस्तै ब्राजिलमा २ हजार ९३२ जना, मेक्सिकोमा ९७० जनाको मृत्यु भईसकेको छ । यता छिमेकी मुलुक भारतमा ६८१को कोरोनाबाट मृत्यु भईसकेको छ । यस्तै इन्डोनेसियामा ६३५ जना, रसियामा ५५५ जना, इक्वेडरमा ५३७ जनाको मृत्यु भएको छ । नेपालमा बिहिबार अपरान्हसम्म ४५ जनामो कोरोना सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।