उदयपुरका थप ३ जनामा कोरोना, २७ सँक्रमित भुल्के बन्यो इपिसेन्टर


सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं , १० बैशाख

बुधबार दिउँसोसम्म नेपालका कोरोना सँक्रमितको सँख्या ४५ पुगेको छ । ती मध्य २७ जना सँक्रमित त एउटै टोलमा भेटिएका छन् । त्यहाँ मँगलबार ११ जना सँक्रमित भेटिएका थिए । बुधबार भुल्केका थप ३ जनामा सँक्रमण देखिएको हो । भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलित स्वावको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

कसले भित्रायो भूल्केमा कोरोना ?

कुनै एक सँक्रमितको लापरवाही र अरुको बेवस्ताले गर्दा यतीबेला उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित नुर मस्जिद क्षेत्र कोरोना सँक्रमणको इपिसेन्टर बनेको छ । यतीबेला भूल्के स्थित नूर मिस्जद टोलका एक पछि अर्को बासिन्दामा धमाधाम कोरोना सँक्रमण भेटिएको छ । अहिलेसम्म मस्जिद सहित यो टोलका २७ जनालाई कोरोना भाईरस सँक्रमण भईसकेको छ । त्यहाँका अझै थुप्रै व्यक्तिहरुको स्वाब परिक्षण भईरहेको छ । स्वाब परिक्षणमा दिएकाहरुलाई आफ्नो रिपोर्ट के आउला भन्ने अहिले चिन्ता छ ।

भुल्केको नूर मस्जिद क्षेत्रमा ६ सय ५० जना बसोबास गर्छन । ती सबै अहिले ससँकित छन् । जहाँ यही वैशाख ५ मा एकैपटक ११ भारतीय र एक नेपालीमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो । उनीहरु सबै पछिल्लो समय भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका थिए । आफुहरुमा कहिले कसरी यो सँक्रमण सर्यो भन्ने बारे उनीहरले नै अनुमान गर्न सकेका थिएनन् । आफुहरु ४ महिना अघि जोगमुनीहुँदै भारतबाट त्यहाँ आएको र बिगत चार महिना देखि मस्जिदमै बसेको ती ११ जनाले दाबी गरिरहेका थिए । यि जमातीहरु मुस्लिम धर्म प्रचारको लागि उदयपुर आएका थिए । रमाजानसम्म बसेर उनीहरु भारत फर्कन चाहन्थे । तर यतीबेला उनीहरु कोरोना सँक्रमणका कारण कोशी अञ्चल कोरोना बिशेष अस्पतालमा छन् । उनीहरुको ट्राभल हिस्ट्री हेर्दा पनि चार महिना अघि त्यहाँ आएका हुन भन्ने देखिएको छ ।

बिदेशबाट आएका हुन सँक्रमित तीन युवा

यसै बीच मँगलबारमात्र सँक्रमित भेटिएका नुर मस्जिद टोलका तीन जना बिदेशबाट आएकाहरु भएको पुष्टी भएको छ । अनुसन्धानको क्रममा ती युवाहरुले आफुहरु बिदेशबाट आएको बताएका छन् । एक जना दुबईबाट फागुन ११ मा आएको खुलेको छ । अरु दुई जना भारतको उत्तर प्रदेश र दिल्लीबाट आएको बताइएको छ ।

अहिले भुल्केमा देखिएको कोरोनाको स्रोत जमाती हुन् कि विदेशबाट फर्किएका युवक हुन् भन्ने प्रश्न उठेको छ । ती जमातीहरुले आफुहरु चार महिनादेखि मस्जिदमै रहेको र बिदेशबाट आएकाहरुले आफुहरुलाई कोरोना सँक्रमण सल्काएको दाबी गरेका छन् । अहिले आफुहरुले त्यसको आरोप खेप्नु परेको उनीहरुको भनाई छ ।, तर कन्ट्याक्ट ट्रेसिङ लगायतका काम नगरी यो कोरोना कसले सार्यो भनेर दाबी गर्न नसकिने अधिकारीहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरको भनाईमा एकजना दिल्ली, एकजना युपी (उत्तरप्रदेश) र एकजना दुबईबाट आएको पाइएको छ । उनीहरुको अनुन्धान भईरहेको उनले बताए । विदेशबाट फर्किएपछि उनीहरु मस्जिदमा रहेका जमातीहरु कहाँ आउजाउ गर्ने गरेको पाइएको पनि उनले जानकारी गराए ।

यता धेरैले भने जमातीहरु लकडाउनको समयमा भारतबाट छिरेका त होइनन् भन्ने प्रश्न गरेका छन् । तर सरकारी अधिकारीहरुले न त त्यसलाई पुष्टि गर्न सकेको छैन भने न त उनीहरुमा भेटिएको कोरोनाको स्रोत पत्ता लगाउन सकेको छ । अहिले कोरोना सँक्रमण बिदेशबाट आएकाहरुले ल्याएको अनुमान गरिएको छ ।

बिदेशबाट आएकाले क्वारेन्टाईन गरे उलँघन

बिदेशबाट आउनेहरुलाई केन्द्र सरकारदेखि स्थानीय निकायले समेत अनिवार्य रुपमा एक्लै कम्तिमा १४ दिन क्वारेन्टाईनमा बस्न निर्देशन दिएको छ । तर बिदेशबाट आएका नुर मस्जिद टोलका युवाहरुले सो निर्देशन नमानेको स्थानीयको आरोप छ । २७ जनालाई कोरोना सँक्रमण देखिएको त्यो क्षेत्रमा अझै कतीजनालाई यो सँक्रमण देखिने हो । अहिले नै भन्न सक्ने अबस्था छैन । त्यस क्षेत्रका धेरै बासिन्दाहरुको स्वाब परीक्षण पनि किट्स लगायतको सामग्रीको अभावले मँगलबारबाट रोकिएको छ ।

यता सो मस्जिद टोलका बासिन्दा मध्य धरानमा परीक्षण गरिएको मध्य ८ जनालाई मगँलबार कोरोना सँक्रमण पोजेटिभ देखिएको हो । धरानमै बुधबार परिक्षण गरिएका मध्य थप तीन जनामा कोरोना सँक्रमण पोजेटिभ देखिएको हो ।

सोही टोलीका बासिन्दा मध्य काठमाडौंमा स्वाब परिक्षण गरिएकाहरुबाट तीन जना युवाको पनि कोरोना सँक्रमण पोजेटिभ देखिएको हो । यिनै ३ युवा बिदेशबाट आएको हुन् । दर्शकबृन्द, अहिलेसम्म भूल्केका सँक्रमित २७ जनाकै स्वास्थ्य अबस्था भने सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । यी २७ जनालाई नै अहिले मोरङको कोशी अञ्चल कोरोना विशेष अस्पताल राखिएको छ ।

कुल संक्रमितमध्ये २७ जना उदयपुरको भुल्केमा भेटिएका हुन् । उनीहरु मध्ये ११ जना भारतीय, दुई जना विराटनगरका जमाती हुन् । मंगलबार र बुधबार संक्रमण देखिएका १४ जना सबै भुल्केकै स्थानीय हुन् । यसले कोरोना संक्रमण तेस्रो चरण (समुदाय स्तरमा) पुगेको पुष्टि भएको छ भने हटस्पट भुल्के बनेको छ ।

उदयपुरमा स्वास्थ्य उपकरणको अभाव

कोरोना भाइरस तीव्ररूपमा फैलिएर समुदाय पनि संक्रमित भएपछि उदयपुरमा जाँच तीव्र पारिएको छ । भुल्के र आसपासका क्षेत्रमा थप व्यक्तिको कोरोना परीक्षणका लागि उपकरण पनि अभाव भएको छ । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार भुल्केमा ६ सय ५० जना बसोबास गर्छन् । भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलँदै गए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न आवश्यक उपकरणको अभाव हुँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

तर अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरी ३१९ जनाको मात्र स्वाब नमुना संकललन गरिएको सुवेदीले बताए । तीन सय १९ जनाको स्वाब नमुना परीक्षण गर्दा २७ मा सँक्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब संकलन गर्नुपर्ने स्वास्थ्य कार्यालयको भनाई छ ।

कोरोना भाइरसको ’हटस्पट’ बनेको उदयपुरसँग सिमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले बताएका छन् ।

३१ हजारको आरडिटीबाट कोरोना परीक्षण

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाका अनुसार अहिलेसम्म नेपालमा पिसीआर परिक्षणबाट ९ हजार ११ जनाको कोरोना सँक्रमण परिक्षण भै सकेको छ । यस्तै आरडिटी प्रणालीबाट ३१ हजार ४२० जनाको कोरोना सँक्रमण परिक्षण भएको पनि प्रवक्ता डा. विकाशले बताएका छन् । जसमध्य ४५ जनामा सँक्रमण देखिएको हो । अहिलेसम्म बिदेशबाट आएका र यहाँका सँकास्पद मध्य ८ हजार ५९५ जना क्वारेन्टाईनमा छन् । ९५ जना आईसोलेसनमा छन् । हालसम्म सँक्रमित मध्य ७ जना ठिक भएर घर फर्किएको पनि स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. विकाशले बताएका छन् ।