उदयपुरमा फेरी ८ जनालाई कोरोना, सँक्रमित ४० पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं ९ वैशाख,

बिराटनगरको कोशी अञ्चल अस्प्तालमा अघिल्लो परिक्षणमा कोरोना सँक्रमणको शँका देखिएका उदयपुर स्थित भुल्केका थप ८ जनामा पुन परिक्षणपछि कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

यस अघि विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद देखिएको थियो । उनीहरुको स्वाबलाई पुन धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा कोभिड १९ कोरोना सँक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भुल्केमा रहेका मस्जिदमा रहेका १२ जनालाई यस अघि र १ जनालाई आजमात्र कोरोना सँक्रमण देखिएको थियो । यसपटक कोरोना देखिएका व्यक्तिहरु मस्जिद वरपरका बासिन्दा हुन । यसरी सो क्षेत्रमा कोरोना मस्जिदबाट बाहिरका व्यक्तिहरुमा पनि सरेको पाईएको छ ।
जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सँक्रमितको सँख्या ४० पुगेको छ । जस मध्य कोरोनाबाट ठिक भएर ४ जना घर फर्किसकेका छन् ।