ब्युटी न्युज नेपाल
काठमाडौं, ७ बैशाख

सँक्रमित ३१ जना मध्य अहिलेसम्म उपचार भएर दुई जना घर फर्किएका छन् । सुरुमा कोरोना देखिएका व्यक्ति एक महिना अघि नै घर फर्किएका हुन भने त्यसपछि दोश्रो कोरोना पीडित मैतिदेवी काठमाडौंकी युवतीको आईसोलेसनमा बसेको २८ दिनपछि शनिबार कोरोना सँक्रमण नेगेटिभ देखियो । उनी पनि ठिक भएर घर फर्किएकी छिन् । बाँकी सँक्रमितको पनि स्वास्थ्य अबस्था ठिकै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सँक्रमितको सँख्या ३१ जना पुगेको छ । उदयपुरको भुल्केस्थित मस्जिदमा यस अघि १२ जनामा सँक्रमण देखिएको थियो भने उनीहरुसँगै बस्ने अर्को एक जनामा यो सँक्रमण देखिएको हो । उनलाई पनि अहिले कोशी अञ्चल अस्पतला अन्तर्गतको कोरोना आईसोलेसनमा राखिएको छ । उनी भारतीय नागरिक हुन् । मुस्मिल धर्मावलम्बीहरुको धर्मिक सभा जमातका लागि यी सँक्रमितहरु भारतबाट भुल्केस्थित मस्दिजमा आएका थिए ।