गीत मार्फत लक डाउनमै घरमै बस्न अनुरोध


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ बैशाख

लक डाउनको समय घरमै बसेको खन्डमा कोरोना सँक्रमणलाई जित्न सकिन्छ भन्ने सदेन्स युक्त गीत घरमै बसौंन…को भिडियो रिलिज गरिएको छ । ८ बर्षीय गायिका आभा आर र गायक प्रभावन जेको आवाजमा यो गीत रेकर्ड गरिएको हो । डी.ए.आर. मूभिज एन्ड फिल्म्स प्रा.लि.ले यो भिडियो निर्माण गरेको हो । भिडियोलाई यही कम्पनीले आफ्नो च्यानलमा रिलिज गरेको छ ।

गीतमा कोरोना भाईरसले विश्व आक्रान्त पारेको अवस्थामा सरकारले जारि गरेको लक डाउन पालना गरि घरमै बसी सुरक्षित रहन सन्देश दिईएको छ । गीतको शब्द संगीत प्रभावन जे को हो ।

यो गीतको भडियोमा गोविन्दराम दाहाल, इश्वरी उपाध्याय, श्रीराम दाहाल, याषा कोइराला, रमा दाहाल, आभा आर, दिपेश गौतम र दिपा गौतमको अभिनय छ । भिडियोको सम्पादन कृष्ण गौतम ले गरेका छन् ।