२०७६ मा चलेका यी ५ नायिका


सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, ५ बैशाख

२०७६ साल हामीबाट इतिहास भईसकेको छ । यस अघि हामीले २०७६ सालमा नचलेका तर महँगो पारिश्रमिक लिने गरेका अभिनेत्रीहरुकोे चर्चा गरेको थियौं । ५६ वटा नेपाली सिनेमा रिलिज भएको २०७६ मा ६ सिनेमाले मुनाफा कमाएका थिए । यहाँ २०७६ सालमा ब्यबसायिक सफल ति चलचित्रमा अभिनय गरेका ६ नायिकाहरुको चर्र्चा गर्दैछौं ।

१. सुरक्षा पन्त


२०७६ सालमा सबै भन्दा सफल अभिनेत्री सुरक्षा पन्त सावित भईन् । उनले अभिनय गरेको चलचित्र आमा समीक्षकले सबैभन्दा बढी रुचाएको चलचित्र हो । यो चलचित्रमा उनले छोराको कर्तब्य पूरा गर्न सक्ने छोरीको भूमिका निर्वाह गरेकी थिईन् । जसमा उनको भूमिका नरी बिद्रोही पात्रको रुपमा थियो । पूर्ण रुपमा कपाल मुन्डन गरेर उनले यो चलचित्रमा पिताको किरियाकर्म समेत गरेकी थिईन् । यही कारण आमामा उनको भूमिकाले निकै प्रसँसा पायो । दीपेन्द्र के खनाल निर्देशित यो चलिचत्र सिनेमा हलमा पनि ब्यबसायिक रुपमा सफल भयो । त्यसो त अभिनेत्री सुरक्षा पन्तले अर्को पनि ब्यबसायिक सफल फिल्म घर पनि दर्शकलाई २०७६ सालमा दिईन् । यो फिल्ममा एउटा आत्माबाट पीडित महिलाको भूमिकामा उनी प्रस्तुत भएकी थिईन । उनको भूतबाट पीडित नारीको भूमिकामा मेहनत देखिएको थियो । शारीरिक भावभँगी देखि अभिनयसम्ममा उनी भड्किएको आत्माबाट पीडित महिलाको रुपमा खरो उत्रिईन् । अर्पण थापा निर्देशित यो फिल्मले पनि उनलाई ब्यबसायिक सफल नायिकाको रुपमा २०७६ मा स्थापित गरायो ।

२. वर्षा राउत


ब्यबसायिका र अभिनय दुबै हिसाबले २०७६ की सफल दोश्रो स्थानमा रहेकी अभिनेत्री वर्षा राउत हुन् । २०७६ को हिट फिल्मको सूचीमा तेश्रो स्थानमा जात्रै जात्रा रहेको थियो । यो फिल्ममा अभिनेत्री वर्षा राउतले एक जिम्मेवार पत्नीको भूमिका निभाएकी थिईन् । नारीमाथि हुने घरेलु यौन हिँसाको उनले यो फिल्ममा गरेको ससक्त बिद्रोहलाई समीक्षकदेखि दर्शकसम्मले मन पराए । यो फिल्मले पनि राम्रो नाफा कमायो । अभिनेत्री वर्षाको त अर्को फिल्म दाल भात तरकारी पनि २०७६ हिट भयो । उनी यो फिल्ममा नायिका भन्दा पनि चरित्र प्रधान भूमिकामा थिईन् ।

३. केकी अधिकारी
२०७६ सालमा रिलिज चलचित्र ६ मायाँ छपक्कैबाट अभिनेत्री केकी अधिकारी सफल भईन् । यो चलचित्रले वर्षको सर्वाधिक व्यापार गर्यो । जसमा उनले सामाजिक रुपान्तरणकालागि आफु भन्दा दोब्बर उमेरको पुरुषसँग प्रेम सम्बन्ध गाँसेको भूमिका निभाएकी थिईन् । यसमा महिला राजनीतिक कार्यकर्ताको रुपमा उनले निर्वाह गरेको भूमिका दर्शकले रुचाए । समिक्षकबाट पनि उनको कामको प्रसँसा भयो । तर २०७६ सालकै उनको अर्को चलचित्र रातो गलबन्दी फ्लप भयो । फिल्म ६ मायाँ छपक्कैले उनको साख जोगायो । दिपेन्द्र लामा निर्देशित ६ मायाँ छपक्कैमा दिपकराज गिरीको नायिकाको रुपमा केकी थिईन् । उनी हाम्रो मूल्याँकनमा सफल नायिकाको तेश्रो स्थानमा परेकी छिन् ।

४. उपासना सिंह ठकुरी


२०७६ सालकी सफल अभिनेत्रीको सूचीमा चौथो स्थानमा अभिनेत्री उपासना सिंह ठकुरी परेकी छिन् । गएको वर्षको सफल चलचित्रको विवरणमा कबड्डी कबड्डी कबड्डी दोश्रो स्थानमा पर्छ । यो सिनेमाको ब्यबसायिक सफलतासँगै नायिका उपसना सिंह ठकुरी पनि बक्स अफिसमा सफल नायिक कहलिईन् । जसमा उनी दयाहाङ कर्माको नायिकाको रुपमा थिईन् । यो चलचित्रमा उपासनाले परिवारको रोजाईको केटालाई छाडेर आफ्नो प्रेमीसँग भाग्न सफल बिद्रोही युवतीको भूमिका निभाएकी थिईन् । उनको कामले यो फिल्ममा प्रसँसा पाएको थियो । उपासनाको यो दोश्रो चलचित्र थियो । त्यस अघि उनले अनमोलसँग चलचित्र क्याप्टेनमा काम गरेकी थिईन् ।

५ आँचल शर्मा


यो वर्षको अर्को सफल चलचित्र दाल भात तरकारीको मुख्य भूमिकामा अभिनेत्री आँचल थिईन् । उनले गरेको कामले पनि यो फिल्ममा प्रसँसा पायो । यो चलचित्र ब्यबसायिक रपमा हिट भयो । यसरी दलभात तरकारीबाट आँचलको पनि साख जोगियो । उनी पनि हाम्रो मूल्याँकनमा सफल नायिकाको विवरणमा पाँचौ स्थानमा परेकी छिन् ।