कोरोनाले मृतक बढेपछि महँगिए कफन


न्युयोर्क
एजेन्सी, ३ बैशाख

यतीबेला विश्वव्यापी रुपमा कोरोनाको सँक्रमण फैलिएको छ । बुधबार दिउँसोसम्म कोरोनाबाट विश्वमा सँक्रमितको सँख्या २० लाख ४ हजार ८१९ पुगेको छ । यतीबेलासम्म कोरोना सुँक्रमणबाट विश्वभरी १ लाख २६ हजार ८३० जनाको निधन भईसकेको छ । सबैभन्दा बढी सँक्रमण सँयुक्त राज्य अमेरिकामा देखिएको छ । त्यहाँ बुधबार दिउँसोसम्म ६ लाख १४ हजार २४६ जनालाई कोरोना भाईरसको सँक्रमण भईसकेको छ । मृतकको सँख्या पनि अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ बुधबार दिउँसोसम्म मृतकको सँख्या बढेर २६ हजार ६४ जना पुगेको छ ।

कोरोनाले अमेरिकामा मृतक बढेपछि त्यहाँ मृतकका लागि अन्त्यस्टीमा प्रयोग गरिने कफनको मूल्यमा दोब्बर बृद्धी भएको छ । कोरोनाका कारण कामदारहरु घरमै आफुलाई सुरक्षित राख्ने क्रममा छन् । जसका कारण पर्याप्त कफन बनाउन गाह्रो भएको छ । तर मृतकको सँख्या दैनिक हजार भन्दा बढी छ । सोही कारण त्यहाँ कफनको मूल्य बढेर दोब्बर पुगेको हो ।

मृत्युपछि कफनमा राखेर चिहानमा पुर्ने धार्मिक संस्कार त्यहाँ रहेकाले मृतकको अन्तिम बिदाईका लागि कफन अनिवार्य जस्तै छ । यही कारण पनि मृतकका आफन्तले कफनको मूल्य दोब्बर नै भए पनि कफन किन्नु परेको छ । कफनका बिक्रेताहरुले बजारमा कफन पाउन छाडेपछि कामदारलाई दोब्बर पैसा दिएर बनाउनु पर्ने अबस्था आएकाले कफनको मूल्य बढाउनु परेको बताएका छन् । न्युयोर्कमा मात्र हैन, इटाली, स्पेन जस्ता देशमा पनि यही अबस्था छ । इटालीमा कफनको अभावलाई कतीपय मृत्यकलाई सोझै चिहानमा पुर्नु परेको समाचार छ ।