श्रीमानले हानेको बन्दुकको गोलीले श्रीमतीको मृत्यु


ब्युटी न्युज नेपाल
बाजुरा, २७ चैत

बाजुरको गौमुल गाउँपालिका ४ मा एक महिलाको हत्या भएको छ । श्रीमान गोरख बहादुर रोकायाले हानेको बन्दुरको गोलीले उनकी ३३ वर्षीया श्रीमती सुन्तु रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
रोकायासँग भरुवा बन्दुक थियो । उनले त्यो बन्दुक शिकारको लागि राखेका थिए । तर उनले श्रीमतीको हत्य किन गरे भन्नेबारे खुल्न सकेको छैन ।

गोली लागेर मृत्यु भएको अबस्थामा श्रीमती सुन्तुको शब भेटिएपछि प्रहरीले श्रीमान रोकायालाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो । बिहिबार बिहान माईतपक्षले रोकायाले छोरीको हत्या गरेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।

तक पत्नीको शब पोष्ट मार्टका लागि लगिएको छ भने श्रीमान रोकायालाई अहिले अनुसन्धानका लागि हिरासतमा लिईएको प्रहरीले जनाएको छ । घरायसी झगडाका कारण पत्नीको हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ ।