लक डाउन ३ बैशाखसम्म थपियो


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ चैत

कोरोना भाईरसको सँक्रमण मुलुकमा देखिएपछि १४ दिन देखि जारी लक डाउन ८ दिन थपिएको छ । अब वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय सरकारले गरेको हो ।

१८ चैतबाट सुरु भएको दोस्रोपटक थप गरेको अवधि २५ चैत (भोली) १२ बजेबाट सकिँदैछ । यसै क्रममा सरकारले फेरि लकडाउन अवधि थप गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको हो । सुदुरपश्चिममा कोरोनाको सँक्रमण देखिएपछि सुदुरपश्चिम राज्य सरकारले केन्द्र सरकारलाई लक डाउन थप्न अनुरोध गरेको थियो ।

यसरी कोरोना भाइरसको जोखिम बढ्दै गएपछि मन्त्री परिषदको बैठकले यसरी लडक डाउन थप्ने सो निर्णय गरेको सरकारका प्रवक्त एवम् अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले बताए ।

कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले लकडाउन अवधि बढाएको हो । यसअघि सरकारले चैत ११ गतेदेखि लागू एक हप्ता लकडाउन गरेको थियो ।