एजेन्सी
जेनेभा, २३ चैत

विश्वमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिने क्रम तिब्रगतीमा बढेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरण अनुसार आइतबार बिहानसम्म विश्वभर ६४ हजार ७१६ जनाको मृत्यु भएको छ ।

यस्तै यतीबेला विश्वभर १२ लाख १ हजार ९३३ जना व्यक्तिहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् । जस मध्य ८ लाख ४८ हजार २९३ को अबस्था मध्यम र ४२ हजार २९० जनाको अबस्था गम्भिर रहेको पनि विश्व स्वास्थ्य सँगठनले जनाएको छ । यस्तै २ लाख ४६ हजार ६३४ जना उपचार पछि ठिक भएर घर फर्किसकेका छन् ।

चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।
हाल कोरोना भाइरसका कारण अत्यन्त भयावह अवस्था अमेरिकामा देखिएको छ । आईतबार बिहानसम्म अमेरिकामा मात्र ३ लाख ११ हजार ३५७ ब्यक्ती कोरोना सँक्रमित देखिएका छन् । त्यहाँ आईतबार बिहानसम्म कोरोनाबात मृतकको सँख्या ८ हजार ४५२ पुगेको छ ।

कोरोना सँक्रमित सँख्याको हिसाबले स्पेन दोश्रो स्थानमा छ । आईतबार बिहानसम्म स्पेनमा सँक्रमितको सँख्या १ लाख २६ हजार १६८ र मृतकको सँख्या ११ हजार ९४७ पुगेको छ ।

कोरोनाको सामना गरिरहेको इटाली सँक्रमणको हिसाबले तेश्रो स्थानमा छ । जहाँ आईतबार बिहानसम्म सँक्रमितको सँख्या १ लाख २४ हजार ६३२ पुगेको छ । मृतकको हिसाबले पहिलो स्थानमा रहेको इटालीमा आईतबार बिहानसम्म मृतक ब्यक्तिको सँख्या १५ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसङ्ख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । इटालीमा जम्मा २० हजार ९४६ जना मात्र ठिक भएर घर फर्किएका छन् ।

सँक्रमणको हिसाबले चौथो स्थानमा रहेको जर्मनमा आईतबार बिहानसम्म सँक्रमित ९६ हजार ९२ र मृतक १ हजार ४४४ रहेका छ भने पाँचौं स्थानमा सँक्रमित रहेको फ्रान्समा सँक्रमित सँख्या ८९ हजार ९५३ र मृतक व्यक्तिहरुको सँख्या ७ हजार ५६० पुगेको छ । चीनमा भने यो सँक्रमण धेरै नियन्त्रणमा आएको छ । चीनमा शनिबार ३० जना मात्र नयाँ बिरामी देखिए भने शनिबार ३ जनाको चीनमा निधन भयो । यस्तै आईतबार बिहानसम्मको रिपोर्टमा भारतमा सँक्रमित ३ हजार ५८८ र मृतक व्यक्ति ९९ जना पुगको छ ।

नेपालमा आईतबार बिहानसम्म सँक्रमितको सँख्या ९ पुगेको छ । शनिबार मात्र नयाँ तीन सँक्रमित थपिएका हुन् । जस मध्य एक जना सँचो भएर घर फर्किसकेका छन् ।

अहिले विश्वका ३८ देशमा महामारी रोकथामका लागि भन्दै लकडाउन घोषणा गरिएको छ । एक अनुमान अनुसार लकडाउनकै कारण विश्वभर एक अर्बभन्दा बढी मानिस घरभित्रै बस्न बाध्य भएका छन् । उद्योग, व्यापार व्यवसाय र यात्राका कार्यक्रमहरु रोकिएका छन् भने धेरै मुलुकले आफ्ना सीमा बन्द गरेका छन् ।

कोरानाभाइरसको त्रासका कारण अर्थव्यवस्थामा परेको असर कम गर्न सरकारहरुले अर्बौं डलरका आर्थिक राहतका कार्यक्रम घोषणा गरेका छन् ।