कोरोना बिरुद्ध बसन्त र राजको सन्देशमुलक गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, २० चैत

विश्वव्यापी फैलिएको कोरोना भाईरस सँक्रमणको त्रासमा देशबासीहरु १० दिनदेखि लक डाउनको अबस्थामा घर भित्रै छन् । अहिले धेरै देशहरु लक डाउनमा छन् । यस्तो अबस्थामा पनि केही सर्जकहरुले घरमै बसेर गीतसंगीत सृजना गरिरहेका छन् ।

यही क्रममा गायक तथा संगीतकार राज सागरले यतीबेला समय सान्दर्भिक नयाँ गीत उद्धार गरौं यो मानवताको….को भिडियो सार्वजनिक गरेका छन् ।
यो गीतलाई कवि तथा गीतकार बसन्त चौधरीले लेखेका हुन् । यस गीतमार्फत गीतकार चौधरीले अहिले दयनीय अबस्थामा रहेको मानिसको उद्धार गर्नु पर्ने बताएका छन् । गीतमा कोरोना भाईरसलाई मानवताको बिसालु बैरी र बिनासकारीको रुपमा चर्चा गरेका छन् । यसबाट आफु जोगिन, अरुलाई पनि जोगाउन र सँकटमा रहेकाहरुलाई उद्धार गर्न गीतबाट चौधरीले आह्वान गरेका छन् । यस्तो अबस्थामा साहस जुटाउन र हिम्मत नहार्न पनि गीतकार चौधरीको सबैलाई अनुरोध छ ।

भ्वाईस अफ नेपालको स्टुडियोमा दीप घतानीले रेकर्ड गरेको यो गीतमा संगीत पनि गायक राज सागरकै छ । गीत निकै कर्णप्रिय बनेको छ । गीतको संगीत संयोजना राहुल विश्वकर्माले गरेका हुन् ।

शब्द आफैंमा राम्रो र सन्देश मुलक भएकाले अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरी लिरिकल भिडियोको रुपमा दर्शकसामु ल्याएको गायक राजले बताए ।