झ्यालको खापा फुटाएर तीन कैदी फरार


ब्युटी न्युज नेपाल
सुर्खेत २० चैत,

सुर्खेत सदरमुकामबाट तीन कैदी बुधबार राती फरार भएका छन् । उनीहरु जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतको हिरासतमा थिए । उनीहरु तीनै जना लागूऔषध कारोबार अभियोगमा पक्राउ परेको हिरासतमा राखिएका थिए ।

फरार हुनेमा भेरी गंगा नगरपालिका घर भई हाल वीरेन्द्रनगर ६ बस्ने २६ वर्षीय रोशनराज रेग्मी, वीरेन्द्रनगर ३ बस्ने २० वर्षीय सुनिल थारु र वीरेन्द्रनगर ११ बस्ने २१ वर्षीय सन्देश कसेरा रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले बताएका छन् ।

बुधबार राति करिब १ एक बजेसम्म हिरासतमै रहेका यी तीन कैदी त्यसपछि भागेको बताईएको छ । आफुहरुलाई थुनामा राखिएको कोठाको झ्यालको खापा फुटाएर उनीहरु त्यहाँबाट भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

यी तीन मध्य करेर गत २५ फागुनमा पक्राउ परेका हुन भने थारु र रेग्मी तीन दिन अघि मात्र पक्राउ परेका हुन् । यो बिषयमा अहिले छानबिनसँगै फरार कैदीहरुको खोजी कार्य भईरहेको पनि सो प्रहरी कार्यालयले जनाएको छ ।