अभिनेत्री वर्षा सडकमा आश्रित कुकुरलाई खुवाउँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ चैत

चार दिन अघि मात्र गरिब मजदुरहरुका लागि भनेर कोरोना बिरुद्धको राहत कोषमा एक लाख रुपैयाँ जम्मा गरेकी अभिनेत्री वर्षा शिवाकोटीले घर बाहिर निक्लेर सडकका भोका कुकुरहरुलाई खाना खुवाउन थालेकी छिन् । कोरोना भाईरसको सँक्रमण मुलुकमा देखिएपछि सरकारले ९ दिन अघि देखि अहिले १८ दिनको लागि लड डाउन गरेको हो । सबै जना घरभित्र हुँदा सडकमा रहने जनावरहरु भोकले तड्पिएको अबस्था छ । अहिले सडकमा कुकुर लगायतका जनाबर भोकले छट्पटिएका छन् ।

ललितपुर महानगरपालिकाले सडकमा आश्रित जिब जन्तुलाई खुवाउने अभियान सुरु गरे पनि काठमाडौं महानगरपालिका भित्र सडकमा आश्रित कुकुर लगायतका जनावरको अबस्था दयनिय छ ।

यसै क्रममा अभिनेत्री वर्षा शिवाकोटीले लक डाउनको अबस्थामा पनि घरबाट केही खाना ल्याएर सडकमा आश्रित कुकुरहरुलाई खुवाएकी छिन् । अहिले पशु अधिकारबादीहरुले सडकमा आश्रित पशु जोगाउन खुवाउने अभियान चलाएको बेला वर्षाको यो भिडियो सामाजिक सञ्जालमा निकै प्रसँसा पाएको छ । उनले यो कार्यलाई निरन्तरता दिने बताएकी छिन् ।

एउटा फिल्मबाट २० लाख देखि ५० लाख रुपैयाँ पारिश्रमिक लिने नायकहरु अहिले घर भित्रै सुतिरहेको अबस्थामा अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो तर्फबाट सक्दो सहयोग र सामाजिक कार्य गरिरहेको प्रतिक्रिया आएको छ । यो कार्यले अरुलाई पनि पक्कै प्रेरणा मिल्ने छ ।