कोरोना भाईरस बिरुद्ध सरकारलाई कलाकार संघको १ लाख


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ चैत

कोरोना सँक्रमण बिरुद्ध आबस्यक रकमको लागि नेपाल सरकारद्धारा स्थापना गरिएको कोरोना राहत कोषमा नेपाल चलचित्र कलाकार संघले सहयोग गर्ने निर्णय गरेको छ । संघले यो कोषमा एकलाख एकहजार रूपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेका हो ।

नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले आईतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई यो रकम कोषमा प्रदान गर्ने निर्णय भएको जनाएका छन् ।

बिज्ञप्तिमा उनले यस्तो लेखेका छन्,‘नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रबिन्द्र खडकाको निर्देशनमा कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूको सहमतिमा सरकारले स्थापना गरेको राहत कोषलाई रू १०१००० (एकलाख एकहजार) प्रदान गर्ने निर्णय भएकोछ । साथै लक डाउनको अवधीमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने दाजु भाई दिदीबहिनीहरू का साथै श्रमिक चलचित्रकर्मीहरू पनि समस्यामा पर्न आएको थाहा हुन आएकाले यस सम्बन्धमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छौ ।’