कोरोनाको  चौथो सँक्रमित धनगढीमा भेटियो, दुबईबाट आएका थिए 


ब्युटी न्युज नेपाल

काठमाडौं, १४ चैत

कोरोना भाइरस (कोभिडा(१९) को चौथो संक्रमित धनगढीमा भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ जानकारी दिएको हो ।

बिदेशबाट आएका एकपछि अर्को नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । यसै क्रममा कोरोना भाईरसको चौथो संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  पुष्टि गरेको हो ।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् । हाल उनको अवस्था सामान्य रहेको  मन्त्रालयले जनाएको छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । मोफोलसमा पहिलो पटक कोरोना भाईरस सँक्रमित भेटिएको हो । काठमाडौंमा मात्र सिमित रहेको कोरोना सँक्रमण मोफसलमा पनि छिरेको पुष्टी भएको छ ।

उनमा कोरोनाको लक्षण देखिएपछि ११ चैतमा सो अस्पताल भर्ना भएको बताईएको छ । उनको कोरोना भाइरसको लागि पठाईएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गर्ने क्रममा पोजेटिभ पाईएको छ । उनी दुबइबाट आएका थिए । उनीसँगै आएका अरु व्यक्तिहरुको खोजीमा सरकारले चासो देखाएको छ ।

यस अघि फ्रान्सबाट आएकी एक युवटी र कतारबाट आएका एक युवामा कोरोना भाईरस सँक्रमण देखिएको थियो ।