बले र प्रिज्मा बाजा बजाउँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ चैत

पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेका सागर लम्साल (बले) र प्रिज्मा खतिवडाले चैतमै बाजा बजाएका छन् । यि जोडीले म्युजिक भिडियोमा बाजा बजाएका हुन् ।

गीतकार लोकराज अधिकारीको शब्द रचनामा गीत तयार भएको हो । आफ्नो जन्मदिनको अबसर पारेर उनले यो भिडियो सार्वजनिक गरेका छन् । बाजा बजाउदै…गीतको भिडियोमा सागर र प्रिज्मासँगै प्रिन्सी खतिवडा र प्रदिप लिम्बुको पनि अभिनय रहेको छ । यतीेबेला लक डाउनका कारण घरमा रहेका दर्शकका लागि यो गीतको भिडियो रिलिज गरिएको हो ।

यो गीतलाई सुजाता केसी र अर्जुन पोख्रेलले गायका हुन् । पोख्रेलकै संगीत रहेको गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका छन् । अर्जुन तिवारीले खिचेको यो गीतको भिडियोमा दिपक बिष्टको सम्पादन रहेको छ ।

भिडियो द डिभाइन म्युजिकको युटयुब च्यानलबाट सार्बजनिक गरिएको छ । गीत र म्युजिक भिडियोलाई दर्शक श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।