ब्युटी न्युज नेपाल

काठमाडौं, ५ चैत

कोरोना त्रासका कारण सरकारले बिहिबारबाट मुलुकभरका सिनेमा हल ४० दिन बन्द गर्ने घोषणा गरेको छ । त्यस अघि नै २१ चैतमा रिलिज हुने भनिएको चलचित्र ‘लक्का जवान’ को प्रदर्शनी स्थगित गरिएको छ ।  मनोरञ्जन भन्दा स्वास्थ्य ठुलो कुरा भएकाले विश्वव्यापी भाईरल बनेको कोरोना भाईरसबाट जोगिन हल बन्द गर्नु उपयुक्त भएको निर्माता किरण केसीको भनाई छ ।

‘नेपालमा कुनै पनि समय कोरोना देखिन्छ भन्ने त्रास सबैतिर छ । यस्तो अबस्थामा सरकारले सिनेमा हल बन्द नगर्दै हामीले चलचित्र लक्का जवानको रिलिज स्थागित गर्ने निर्णय गरेका हौं ।’ निर्माता केसीले भने ।

यो चलचित्रलाई शिवहरी पौडेलले निर्देशन गरेका हुन् । अब यो चलचित्र आगामी भदौमा रिलिज हुने भएको छ । तर भदौको मिति भने तय भईसकेको छैन । ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको ‘लक्का जवान’ को कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल छन् ।  जसमा दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाललगायतका कलाकारहरुको अभिनय छ ।