कलाकार संघको संरक्षकमा हरिबँश आचार्य


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ फागुन

नेपाल चलचित्र कलाकार संघको संरक्षक पदमा अग्रज हास्यव्याँग्य कलाकार हरिबंश आचार्यलाई मनोनयन गरिएको छ । अग्रज कलाकार नीर विक्रम शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट राजिनामा दिएपछि आचार्यलाई मनोनयन गरिएको हो ।

कार्य व्यस्तताका कारणले उनले संरक्षकबाट राजिनामा दिएका हुन् । शाहले २१ फागुनमा दिएको राजिनामा संघको कार्यसमितिले स्वीकृत गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

‘वैठकले नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि नै पु¥याउनु भएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै वहाँले आफ्नो कार्यकालमा दिनु भएको योगदानलाई हार्दिक धन्यवाद दिने पनि निर्णय गरेको छ ।’ संघद्धारा प्रेसित बिज्ञप्तिमा उल्लेख छ ।

‘वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी विशिष्ट कलाकर्मी श्री हरिवंश आचार्यज्यूलाई संरक्षकमा नियुक्त गरेको छ । नव नियुक्त संरक्षक पदावधी वर्तमान कार्यसमितिको कार्यकालसम्म रहने छ । नव नियुक्त संरक्षक हरिवंश आचार्य विगत ४ दशक भन्दा बढी समय देखि नेपाली कला, संस्कृति, रंगमञ्च, नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वद्र्धन तथा नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि चलचित्र क्षेत्रको उत्थानमा क्रियाशील कलाकर्मी हुनुहुन्छ ।’ संघको विज्ञप्तिमा उल्लेख छ ।