४१ विधामा प्रदान गरियो हिमालयन म्युजिक अवार्ड 


ब्युटी न्युज नेपाल

काठमाडौं, २७ फागुन

हिमालयन अन्तर्रा्ष्ट्रिय नेपाली म्युजिक अवार्डको तेस्रो संस्करण ४१ विधामा अवार्ड बाँड्दै सम्पन्न भएको छ । सृजनाको मुल्यांकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ यो अवार्ड सम्पन्न भएको हो ।

काठमाडौंस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अवार्डमा लोक, आधुनिक, पप, तामाङ सेलो, म्हेन्दोमाया, चलचित्र र म्युजिक भिडियोका विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।

अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले कलाकारले समाज र राष्ट्रलाई जागृत गराउने भएकोले स्रष्टाको सम्मान नै समग्र मुलुकको सम्मान भएको बताए । उनले यस किसिमको सम्मान नेपाल सरकारले नियमित गर्नुपर्ने बेलामा केही संघसंस्था अघि सरेकोमा गर्व गर्दै धन्यवाद दिए ।

यसैगरी नेपाली कांग्रेसमा नेता एवं पूर्वराज्यमन्त्री दिलमान पाख्रिनले विभिन्न विधाका स्रष्टाहरुले नेपाली समाजलाई गोलबद्ध गर्दै अन्तर्रा्ष्ट्रिय रुपमा मुलुकलाई चिनाएकोमा खुशी व्यक्त गरे ।

हिमालयन नेपाली इभेन्टस प्रा.लि. ले आयोजना गरेको अवार्ड युएईमा तय भएतापनि कोरोना भाइरस संक्रमणको कारणले काठमाडौंमा गरेको अध्यक्ष सविन घिसिङले जानकारी दिए । अवार्ड कार्यक्रम यसअघि मलेसिया र कतारमा सम्पन्न गरिसकेको छ ।

अवार्ड प्राप्त गर्नेहरु

१ सर्बाेत्कृष्ट चलचित्र पाश्र्व गायन पुरुष ः यश कुमार

२ सर्बाेत्कृष्ट चलचित्र पाश्र्व गायन महिला ः दिपा लामा

३ राष्ट्रिय भाव गीत गायन ः दुर्गेश थापा

४ वर्ष सर्बाेत्कृष्ट चर्चित गीत ः आशुसेन लामा

५ लोक तथा दोहोरी गायिका ः शर्मिला श्रेष्ठ

६ लोक गीत गायन महिला ः रेखा थापा मगर

७ आधुनिक गीत गायन ः कर्णराज गिरी

८  पप गीत गायन पुरुष ः सबीन लामा

९सर्बाेत्कृष्ट चलचित्र अभिनेता पुरुष ः दावा फिञ्जो तामाङ

१० सर्बाेत्कृष्ट चलचित्र अभिनेत्री ः श्याम माया गुरुङ

११ सर्बाेत्कृष्ट तामाङ चलचित्र नव अभिनेत्री ः इन्दिरा वाइबा

१२ सर्बाेत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष ः नयन डि सी

१३ सर्बाेत्कृष्ट म्युजिक भिडियो निर्देशक ः भुवन स्याङ्बो तामाङ

१४ सर्बाेत्कृष्ट पप गायक पप्लिक च्वाइस ः सशांक कंडेल ्

१५ सर्बाेत्कृष्ट म्हेन्दोमाया गायक ः आर बी लामा वाङदेन

१६ सर्बाेत्कृष्ट म्हेन्दोमाया गायीका ः छिमी मम्बा तामाङ

१७ म्हेन्दोमाया गायीका पप्लिक च्वाइस ः मीना लामा

१८ म्हेन्दोमाया लोकप्रिय गायक ः रेशा तामाङ

१९ म्हेन्दोमाया पप्लिक च्वाइस गायक ः विश्व पासा तामाङ

२० म्हेन्दोमाया म्युजिक कम्पोजर नव प्रवेशी ः अर्जुन थोकर साइला

२१ पप गीत गायन जुरी ः सपन श्रेष्ठ

२२ लोक पप गीत गायन ः सुनिल थापा मगर

२३ लोक तथा दोहोरी गीत गायन नव प्रवेशी महिला ः शर्मिला तामाङ

२४ लोक तथा दोहोरी गीत गायन नव प्रवेशी पुरुष ः पासाङ लामा

२५ लोक तथा दोहोरी म्युजिक भिडियो मोडल पुरुष नव प्रवेशी ः सुरज चन्द्र घिसिङ

२६ लोक तथा दोहोरी म्युजिक भिडियो मोडल महिला नव प्रवेशी ः सुजु श्रेष्ठ

२७ लोक तथा आधुनिक म्युजिक भिडियो मोडल पुरुष ः धनराज मगर

२८ सेलो तथा आधुनिक म्युजिक भिडियो मोडल पुरुष ः मिलन लामा

२९ सर्बाेत्कृष्ट प्रवाशी सेलो पप गायक ः हरि मोक्तान युएई

३० सर्बाेत्कृष्ट प्रवाशी पप गायक ः सुनिल कटुवाल अष्ट्रेलिया

३१ नव लोक दोहोरी गायन जुरी महिला ः रुकमाया वादा

३२ नव लोक दोहोरी गायन जुरी पुरुष ः गम न्यौपाने

३३ लोकप्रिय लोक तथा दोहोरी गीत गायन महिला ः सन्ध्या परियार

३४ आधुनिक तथा तामाङ गीत रचना ः जैजा तामाङ

३५ लोक तथा दोहोरी गीत रचना ः गणेश चौलागाई

३६ पप गीत गायन महिला ः बबिता राई अनुमा

३७ सेलो गीत गायन नवप्रवेशी ः रोम लामा

३८ बाल गायिका ः सुप्रिना कार्की

३९ लोक तथा दोहोरी म्युजिक भिडियो मोडल महिला ः रीना थापा मगर

४० आधुनिक म्युजिक भिडियो मोडल महिला ः आशा गौतम

४१ लोक तथा म्हेन्दोमाया गायिका ः निशा लामा