कोरोना प्रभावका कारण नेफ्टा अवार्ड स्थगित


ब्युटी न्युज नेपाल
काठमाडौं २४ फागुन

नेपाल चलचित्र प्राविधिक संघले १० औं नेफ्टा फिल्म अवार्डको मनोनयन र अवार्ड समारोह स्थगित गरेको छ । संघले शनिवार विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको संक्रमणको कारण अवार्ड स्थगित भएको जनाएको छ ।

‘विश्वभर फैलदै गएको कोरोना भाइरसको संक्रमणप्रति सचेत हुँदै नेपाल सरकारले भिडभाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न अपिल गरेकाले हामी पनि हाम्रो कार्यक्रम निर्धा्रित मितिमा गर्न असमर्थ भएका जानकारी गराउछौं ।’ शनिवार जारी विज्ञप्तीमा उल्लेख छ ।

विगतका वर्षहरुमा विदेशी शहरमा हुँदै आएको अवार्ड कार्यक्रम यसपटक यही मुलुकमा गर्ने योजनामा रहेको उल्लेख गर्दै अवार्ड संयोजक सुष्मा पौडेल (गीता)द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘अवार्ड कार्यक्रममको भब्य सुरुवात लगभग अन्तिम चरणमा पुगेको जानकारी गराउदै तिथि र मिति परिवर्तन भए पनि सभ्य र भब्य रुपमा कार्यक्रम गर्ने जानकारी गराउछौं ।’

संस्थाको निर्धारित कार्यक्रम अनुसार आउदो फागुन २७ गने उत्कृष्ठ पाँच मनोनयन सार्वजनिक गर्ने र आगामी चैत्र २२ गते टुँडीखेलमा अवार्ड प्रदान गर्ने कार्याक्रम थियो । २७ फागुनमा मनोनयन सार्वजनिक गर्न असमर्थ रहेको जानकारी गराउदै अवार्डको मितिवारे पुनः जानकारी गराउने संस्थाले जनाएको छ ।