स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीले खाना सुरु गरे


ब्युटी न्युज नेपाल
काटमाडौं, २२ फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार आएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले बताएका छन् । बिहीबार अस्पतालमा आयोजित पत्रकार भेटघाटका क्रममा कार्यकारी निर्देशक खड्काले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृति सुधार आएको बताए ।

प्रधामन्त्री ओलीको त्रिबिबी शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रत्यारोपण गरेको केही क्षणबाटै मिर्गौलाले काम सुरु गरेको बुधबार नै चिकित्सकहरुले जानकारी गराएका थिए ।

अस्पतालका कार्यकारी निर्देशक खड्काका अनुसार प्रधानमन्त्री ओलीले बिहिबारबाट नरम खाना र तरल पदार्थ लिन सुरु गरिसकेका छन् । उनको पिसावको अबस्था पनि राम्रो छ ।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन् । समीक्षाको पनि स्वास्थ्यमा सुधार आएको पनि कार्यकारी निर्देशक खड्काले पत्रकार भेटघाटका क्रममा जानकारी गराए । समीक्षाले पनि जाउलो लगायतका खानेकुरा खान सुरु गरिसकेकी छिन् ।