एक्सन प्रधान हिरो रिटर्नको ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ फागुन

लामो समयपछि अभिनेत्री रेखा थापाको नयाँ फिल्म आउने भएको छ । अभिनेता सविन श्रेष्ठसँग रेखा थापाले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘हिरो रिटर्न्स’ आगामी २६ बैशाखमा रिलिज हुने भएको छ ।

बुधबार काठमाडौंमा एक समारोहबीच चलचित्र हिरो रिटर्नको ट्रेलर सार्वजनिक गरियो । यो फिल्मको ट्रेलरमा सविन र रेखालाई एक्सन अबतारमा उतारिएको छ । धनी परिवारकी छोरी रेखालाई उनको बुबाको अनुमति बिना आफ्नो बनाउन सविनले गरेको सँघर्षलाई ट्रेलरमा देखाईएको छ । एक्सन र लभस्टोरी जनरा मन पराउने दर्शकलाई यो फिल्म मन पर्ने देखिन्छ ।

यो चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । उनी अष्ट्रेलिया बस्छन् । यो चलचित्रमा खल चरित्रको रुपमा आफु पहिलो पटक प्रस्तुत भएको अभिनेता सरोज खनालले बताएका छन् । हिरो रिर्टनमा रेखा थापा, सविन श्रेष्ठ, सरोज खनाल, दील श्रेष्ठसहित सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठलगायतको अभिनय छ ।

मदन कस्यप घिमिरेको छायांकन रहेको यो चलचित्रको प्रस्तुतकर्ता सविन आफैं हुन् । जसमा चन्द्र गौतम कार्यकारी निर्माता, भीम न्यौपाने र चन्द्र न्यापाने निर्माता रहेका छन् ।