ब्युटी न्युज नेपाल
काठमाडौं, २१ फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार बिहान १० बजेबाट सुरु भएको मिर्गौला प्रत्यारोपण कार्य सफल भएको छ । दिउँसो २ बजे प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल भएपछि उनलाई अहिले आईसियुमा राखेर उपचार थालिएको छ ।

मिर्गौला प्रत्योरोपणका लागि दुई दिन अघि काठमाडौंको त्रिविबी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको पूर्ण रुपमा सम्पन्न भएको छ । उनको त्रिबिबी अस्पतालको मनमोहन भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज बुधबार बिहान १० बजेपछिबाट मिर्गौला प्रत्योरोपणको अप्रेशन सुरु भएको थियो । दिउँसो २ नबज्दै प्रत्यारोपणको कार्य सम्पन्न भएको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गरेकी हुन् । त्रिबिबी शिक्षण अस्पतालका प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । प्रत्यारोपण गरिएको मृगौलाले काम सुरु छ । प्रत्यरोपण सम्पन्न भएपछि उपचारमा संलग्न चिकित्कसहरुले प्रत्यारोपण सफल भएको जानकारी गराएका छन् । प्रधानामन्त्री ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

उनको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो । दर्शकबृन्द, प्रधानमन्त्री ओलीको आफ्नो दुई ओटा मृगौला थियो नै । यी दुई ओटौले काम नगरेपछि २०६४ मा अर्को प्रत्यारोपण गरिएको थियो ।

त्यसले पनि काम गर्न छाडेपछि बुधबार नयाँ मिर्गौला प्रत्यारोपण गरिएको हो । यो प्रत्यारोपणसँगै अब भने प्रधानमन्त्री ओलीको पेट भित्र ४ ओटा मिर्गौला भएको छ । त्रिबिबी शिक्षण अस्पतालमा यस अघि १० जनाको दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरेर सफल भईसकेको थियो । दोश्रो पटक सो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली ११ औं व्यक्त हुन् ।

यसरी ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण सफलभएपछि प्रधानमन्त्री ओलीलाई अहिले आईसीयूमा राखिएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् । त्यसपछि प्रधानमन्त्रीलाई त्रिबिबी अस्पतालको एनेक्स वार्डमा रहेको भीभीआईपी क्याबिनको ६०१ नम्बरमा सारिने छ ।

मंगलबार उनको प्रि–ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सकिएपछि बुधबार अप्रेसन गरिएको हो । अप्रेसनपछि प्रधानमन्त्रीको स्वास्थ्यमा अहिलेसम्म त्यस्तो कुनै पनि समस्य नदेखिएपछि चिकित्सकहरुले जनाएका छन् । प्रत्यारोपण सफल भएकाले अब ५–६ दिनमै प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिने पनि चिकित्सकहरुले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका थिए । टोलीमा डा. पवनराज चालिसे, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह र डा. सुवास आचार्य रहेका थिए ।

उपचारको क्रममा प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै पनि समस्या नआओस भनेर मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, प्रा.डा. भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा.डा. जगदीशप्रसाद अग्रवाल अहिले पनि तयारी अवस्थामा छन् । उपचारमा नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गरिरहेकी छिन् ।