ब्युटी न्युज नेपाल
काठमाडौं, २० फागुन

चलचित्र सेन्टी भाईरसका नाफाको ५० प्रतिसत रकम चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका निमित्त सहयोग गरिने भएको छ । यो चलचित्रको लगानी पहिलो सातामै उठिसकेको निर्माण पक्षको भनाई छ ।

यसरी गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा चलचित्रको मुनाफा खर्च गरिने भएपछि विभिन्न विधालयहरुले रंगशाला निर्माणको सहयोग स्वरुप सिनेमा हलको शो नै बुक गरेर यो चलचित्र हेरेको निर्माता एवम् अभिनेता सिताराम कट्टेल (धुमुर्स)ले बताएका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनबाट रंगशाला निर्माण भएको र रंगशालाकै निर्माणमा सहयोग पुर्याउने हेतुले सिनेमा ’सेन्टी भाइरस’ निर्माण गरेको पनि उनीहरुले स्पष्ट पारिसकेका छन् ।

अहिले यस अभियानमा थुप्रै संघसंस्था, विद्यालय र व्यक्ति विशेषले हातेमालो गरिरहेका छन् । रंगशाला सहयोगका निमित्त अहिले पनि हलमा शो नै बुक गरेर सिनेमाको हेर्नेको संख्या घटेको छैन ।

अहिलेसम्म दर्जनौ शोहरु बुक भईसकेका छन् । काठमाडौंमा १४ फागुनमा भिएस निकेतनले कुमारी हलमा र सरोज सिटौलाले आइएनआई सिनेमामा शो बुक गरेर देखाईसकेका छन् ।

यस्तै १५ फागुनमा जेम्स स्कुलले लाबिम मलमा, ओलम्पियन दीपक विष्टले खेलाडीहरुलाई वान सिनेमाजमा, जेष्ठ बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कुमारी हलमा, न्यू जेनिथ स्कुलले छायाँ सेन्टरमा, मिट लाईफ ईन्स्युरेन्सले छायाँ सेन्टरमा, अल्का ईन्स्टिच्युट अफ मेडिकल साईन्सले लाबिम मलमा, के.एम.सी. कलेजले सिटीम्याक्स सिनेमाजमा, जेम्स स्कुल, धापाखेल पनि लबिम मलमा शोहरु बुक गरेर देखाईसकेका छन् ।

यस्तै १९ फागुनमा कलेज अफ सेन्ट्रल स्टेटले सिभिल मलमा, अर्थव बिजनेस कलेजले कुमारी हलमा, नर्थ प्वाईन्ट एकेडेमीले आइएनआइ सिनेमाजमा, सुम्मित स्कुलले आइएनआइ सिनेमाजमा, नेक्सस इन्टरनेसनल एकेडेमीले क्युएफएक्स भक्तपुरमा, सूर्य लाइफ इन्सोरेन्सले कुमारी हलमा शो बुक गरेर सिनेमा देखाईसकेको पनि अभिनेता सितारामले जानकारी गराए ।

फागुन २० मा एभरेष्ट कलेज, कुलेश्वरले सिभिल मलमा, ज्ञानकुञ्ज आवासीय माध्यामिक विद्यालयले कुमारी हलमा, कुँवरबर्ती स्कुल बुटवलले क्युएफएक्स बुटवलमा शो बूक गरेर सेन्टी भाईरस देखाएको पनि निर्माण पक्षले जानकारी गराएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्री, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ । यस्तै बुधबार र विहिबारका लागि पनि राजधानीका मल्टप्लेक्समा केहि शो बिक्री भईसकेको अभिनेता निर्माता सिताराम कट्टेलले जानकारी गराएका छन् ।