९ दिनमा सेन्टी भाईरसको व्यापार ४ करोड


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ फागुन

शुक्रबारबाट चलचित्र ‘सेन्टी भाइरस’ दोश्रो सातामा प्रदर्शन भईरहेको छ । यो चलचित्रले शनिबारसम्म ९ दिनमा मुलुक भरका सिनेमा हटलबाट ४ करोड ८ लाखको व्यापार गरेको यसका वितरक गोबिन्द शाहीले आईतबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा दाबी गरे । यो चलचित्र मुलुकका ८० भन्दा बढी सिनेमा घरमा अझै चलिरहेको पनि शाहीले बताए । अर्का वितरक मनोज राठीले पनि मोफसलमा फिल्मले राम्रो व्यापार गरिरहेको जानकारी गराए ।

यो चलचित्रका अभिनेता निर्माता सिताराम कट्टेल ‘धुर्मुस’ ले आफुहरुको लगानी सुरक्षित भएको बताए । अब प्राप्त हुने मुनाफाबाट ५० प्रतिसत रकम आफुहरुले भरतपुरमा निर्माणा गरिरहेको अन्तराष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माणमा खर्च गर्ने जानकारी पत्रकार भेटघाटका क्रममा बताए ।

चलचित्रले अहिले पनि राम्रै व्यापार गरेका पनि सितारामले जिकिर गरे । यो चलचित्र हेरेपछि दर्शक र चलचित्र समीक्षकहरुले दिएको सुझाबलाई मनन गरेको र आउँदा चलचित्र अझ धेरै सुधार गर्ने प्रतिबद्धता पनि उनले जनाए । यो चलचित्रका निर्देशक रामबाबु गुरुङले चलचित्रको बारेमा आफ्नो भनाई सो कार्यक्रममा राखेका थिए ।