दर्शकले रुचाउँदै चलचित्र धुलो


ब्युटी न्युज नेपाल
काठमाडौं,१६ फागुन

चलचित्र धुलो १६ फागुनबाट मुलुकभरका सिनेमा हलमा रिलिज भएको छ । यो चलचित्रको ‘४४० को बिजुली‘’ आइटम गीत र टेलर दर्शकले रुचाएको बेला सिनेमाले पनि पहिलो दिन दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

यो चलचित्रको निर्देशन प्रधुम्न मिश्रले गरेका हुन् । सुकुम्बासी बस्तीमा बस्ने दुई मजदुरको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ । यथार्थपरक बिषयमा निर्माण गरिएको फिल्ममा बुद्धि र अग्रजका साथमा सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन ।

राजधानीमा सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अबस्थाको बिषयमा धुलो निर्माण गरिएको निर्देशक मिश्रले बताए ।

सिके वाग्ले प्रोजेक्ट एडभाइजर रहेको फिल्ममा केशब मिश्र र दीपक समीरको गीत,शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको छायांकन, अर्जुन जिसीको सम्पादन तथा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् ।