ब्युटी न्युज नेपाल
काठमाडौं, १३ फागुन

गायिका योजना पुरीको स्वरमा नयाँ गीत आउन माया बसी देऊ यो दिलमा तिम्रै लागि साँच्या छु जोवन…बजारमा आएको छ । कवि, गीतकार एवम् साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ले यो गीत लेखेका हुन् । राम कार्कीको एरेन्ज तथा सङ्गीत रहेको यो गीतमा मायामा अल्झिएर नयाँ संसारको कल्पनामा हराउने मनमा सपनाहरू देख्नेहरुको कथा समेटिएको छ ।

यो गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । राजु श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा सुपा खनाल र सुरेन्द्र महर्जनको अभिनय छ । गीत युवा पुस्तालाई लक्षित गरेर बजारमा ल्याइएको गीतकारले बताएका छन् । सुरेश बज्राचार्यको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा मनिषा भट्टराईको श्रृङ्गार रहेको छ । यसमा गायिका योजना पुरीसँगै मोडल सुपा खनाल र गीतकार सुरेन्द्र महर्जनले अभिनय गरेका छन् ।