जयन सुब्बा मानन्धर/ब्युटी न्युज नेपाल 
काठमाडौं, १२ फागुन

अभिनेत्री प्रियँका कार्की र अभिनेता आयुष्मानको विवाह यही फागुन १५ गते काठमाडौंमा हुने भएको छ । यतीबेला प्रियँका र आयुष्मानको ब्याचलर पार्टीको तस्बिरहरु भाईरल भईरहेका छन् । प्रियँकाकै नक्कल गर्दै आयुष्मान र व्याचलर पार्टी गरेर दुई दिन अघि तस्बिर शेयर गरेपछि उनीहरुको तस्बिर भाईरल भएका हुन् ।

यदपि उनीहरु विवाहको लागि दुई महिना अघि देखि नै तयारीमा जुटेका छन् । यतीबेला अभिनेत्री प्रियँका हल्दी पार्टीको तयारमा रहेको बताईएको छ ।

एक महिना अघिकै नक्कल
अभिनेत्री प्रियँका कार्कीले आफ्ना साथीहरुलाई एक महिना अघि नै थाईल्यान्डको पताया शहरमा ब्याचरल पार्टी दिईन् । उनी त्यहाँ ब्याचलर पार्टी दिने क्रममा दुलहीको रुपमा ब्राईडल गाउनमा प्रस्तुत भईन् । उनले आफ्ना साथीहरुसँग त्यहाँ निकै रमाईलो गरिन् ।

प्रियँकाले ब्याचलर पार्टी गरेपछि सोही स्टाईलमा प्रियँकाको नक्कल गर्दै अभिनेता आयुष्मानले पनि ब्याचलर पार्टी गरे । प्रियँका र उनका साथीहरु जस्तै आयुष्मान पनि आफ्ना भाई आसिरमान सहितका साथीहरुसँग ब्यचलर पार्टीमा गाउनमा प्रस्तुत भए । प्रियँकाले ब्याचलर पार्टी मनाउँदाकै पोज र ड्रेसअपमा फोटो सुट गरेर आयुष्मानले एक दिन अघि मात्र इन्स्टामार्फत शेयर गरेका छन् । ब्याचलर पार्टीमा बडी शो अपमा यी दुबै हुने वाला श्रीमान श्रीमतीले प्रतिस्पर्धा गरेका छन् । दुबैले ब्याचलर पार्टीमा यि दुबैले आफ्ना साथीहरुसँग डिँ«क गर्दै खुब मस्ती गरेको तस्बिर शेयर गरेका छन् । प्रियँकाको ब्याचलर पार्टीको आयुष्मानले गरेको नक्कल निक्कै फन्नी देखिएको छ ।

त्यसो त प्रियँकाको एक महिना अघिको ब्याचलर पार्टी गरेको तस्बिरहरुले नेपाली सञ्चार माध्यममा निकै महत्वको साथ स्थान पायो । दोश्रो विवाह गर्दै गरेकी प्रियँकाले किन ब्याचलर पार्टी दिईन भनेर टिप्पणी पनि गरियो । यस विषयमा उनले खास्सै प्रतिक्रिया दिईनन् । एक हप्ताको पताया बसाईमा यी अभिनेत्रीले आफुलाई वेहुलीको रुपमा साथीहरुसँग प्रस्तुत गरिन् । थुप्रै चलचित्रमा बेहुली बनेकी प्रियँकाले पतायाको भव्य सेटमा ब्राडलर बनेर बेहुलीको अभ्यास पनि गरिन् ।

बिदेशमा सपिङ
प्रियँकाले ब्याचरल पार्टी सकेपछि नेपाल फर्किएर आफ्नो हुनेवाला श्रीमान एवम् अभिनेता आयुष्मान देशराज जोशीसँग विदेश भ्रमण पनि गरिन् । उनीहरुले सो क्रममा सपिङसमेत गरे । त्यसपछि फेरी प्रियँका अरु दुई अभिनेत्री केकी अधिकारी र बेनिसा हमालसहितको साथीहरुसँग दुबई गईन् । त्यहाँको घुमघाम सकेर दुई दिन अघि मात्र प्रियँका काठमाडौं आएकी हुन् । त्यसपछि उनी विवाहको तयारीमा पूर्ण रुपमा जुटेकी छिन् ।

होटल पार्क भिजेलमा रिपेप्सन
उनीहरुले विवाहको भेन्युबारे जानकारी नगराएको भए पनि केजिएच ग्रुपको बुढानिलकण्ठमा रहेको होटल पार्क भिजेलमा हुँदैछ । दुबै परिवारको सदस्यहरुको जमघटमा यी जोडीले विवाह गर्दैछन् । विवाहको भोलीपल्ट उनीहरुले होटल पार्क भिजेलमै रिसेप्सन पार्टी अर्थात प्रिति भोज राखेका छन् । प्रिती भोज भने भव्य रुपमा सम्पन्न गर्दैछन् । यो प्रिती भोजका लागि करिब ७ सय जनालाई निम्ता पठाईएको बताईएको छ ।

१९ महिना अघि नै इँगेजमेन्ट
प्रियँका र आयुष्मानले २०७५ साल साउन २६ गते शनिबार टिकाटालो अर्थात इँगेजमेन्ट गरेका थिए । त्यसपछि २०७६ असालमा विवाह गर्ने तयारीमा जुटेका थिए । फिल्म लगायत विभिन्न कामले गर्दै दुबैले गएको असारमा विवाह गर्न भ्याएनन् । त्यसपछि यी जोडी विवाहको तयारीमा जुटेका हुन् । १७ फागुनमा विवाहको मिति दुई महिना अघि नै तय गरे पनि यो मिति उनीहरुले एक साता अघि मात्र घोषणा गरेका हुन् । विवाह पछि हनिमुनमा केही समय दिने यी जोडीले पछिल्लो समय विवाह र त्यसपछिको घुमघामकै लागि भनेर कुनै पनि फिल्म खेलेका छैनन् ।

भिडियो खेल्दा बस्यो प्रेम
यी जोडीको तीन वर्ष अघि एउटा म्युजिक भिडियो खेल्ने क्रममा प्रेम सम्बन्ध बसेको थियो । त्यसको लगत्तै यी जोडीले छक्का पञ्जा २ फिल्ममासँगै काम गरे । सो फिल्मको सफलतापछि आधा दर्जन चलचित्रमा यी जोडी प्रस्तुत भईसकेका छन् । अभिनेत्री प्रियँकासँगै अभिनेता आयुष्मानलाई दाम्पत्य जीवनको अग्रिम शुभकामना ।