ब्युटी न्युज नेपाल
काठमाडौं, १२ फागुन

अग्रज कलाकार सन्तोष सन्तको एक समयको चर्चित हास्यव्यँग्य सिरियल हिजो आजका कुरा चलचित्रको रुपमा दर्शकमाझ आगामी नयाँ वर्षको अबसरमा आउँदैछ ।

यसै क्रममा चलचित्र हिजो आजका कुराको प्रचार प्रसार स्वरुप पहिलो गीत जदौ मायाँ जदौं…को भिडियो सोमबार दिउँसो सार्वजनिक गरिएको छ । यो गीतमा चलचित्रका कलाकार र अतिथि कलाकार सहित ४० जना कलाकारले नृत्य गरेका छन् ।

यो गीतलाई आनन्द अधिकारीले लेखेका हुन् । लोक स्वादको यो गीतमा दीपक शर्माको सँगीत रहेको छ । गीतलाई रामकृष्ण ढकाल र मेलिना राईले गाएका हुन् । गीत निकै कर्णप्रिय बनेको छ । यो गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् ।

यो गीतमा अतिथि कलाकारको रुपमा बसुन्धरा भुसाल, भु्वन चन्द, शम्भुजीत बासकोटा, मदनकृष्ण श्रेष्ठ, नीर शाह, मिथिला शर्मा, गौरी मल्ल, दिनेश डिसी, शिबहरि पौडेल, जितु नेपाल, केदार घिमिरे (माग्ने बुढा), दीपाश्री निरौला, लुनिभा तुलाधर, नम्रता श्रेष्ठ, गोपालकाजी कायस्थ, गायक नाबिन के भट्टराई, यमन श्रेष्ठ, रिँकु बज्राचार्य श्रेष्ठ, नितेशजँग कुँवरलगायतका कलाकारहरुले अतिथि रुपमा अभिनय गरेका छन् ।

 

यो चलचित्रका कलाकारहरु सन्तोष पन्त, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेब पन्त, साकार पन्त, जयनन्द लामा, रमेश अधिकारी, जेविका कार्की, बिनय कुइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मञ्जु श्रेष्ठ, शैलजा पाण्डे, कमल रेग्मीसहितका कलाकार पनि यो गीतमा प्रस्तुत भएका छन् ।

यो चलचित्रलाई साकार पन्तले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । अष्ट्रेलियाबाट सिनेमा पढेर नेपाल आएका साकार आफैं पनि यो फिल्ममा मुख्य भूमिकामा छन् । उनी हिजो आजका कुरामा लामो समयसम्म बाल कलाकारको रुपमा थिए ।

पन्त फिल्म प्रोडक्सनले निर्माण गरेको यो चलचित्र आगामी १२ बैशाखमा रिलिज हुने भएको छ । यो चलिचत्रमा कविराज गहतराजको नृत्य निर्देशन, सुवास काफ्लेको प्रोडक्सन म्यानेजमेन्ट, रबि रायमीको छायाँकन रहेको छ । चलचित्रलाई सन्तोष पन्त, साकार पन्तको निर्माण, बैकुन्ठ प्रसाद उपाध्यय र सचित कुमार मिश्रको सह निर्माण रहेको छ ।