धुलोमा बुद्धि र अग्रजलाई दीपासाको ४४० को झट्का


ब्युटी न्युज नेपाल
काठमाडौं,१० फागुन

चलचित्र धुलो यही १६ फागुनबाट सिनेमा हलमा आउने भएको छ । प्रदर्शन मिति नजिकीदै गर्दा यो चलचित्रको ‘४४० को बिजुली…’ आइटम गीतको भिडियो दर्शकमाझ ल्याइएको छ ।

केशब मिश्रले लेखेको गीतमा जुगल डंगोलको संगीत छ । रामजी लामीछानेले यसको कोरियोग्राफी गरेका छन् । फिल्मको सो आइटम गीत दुर्गा खरेल र अनुप थापाले गाएका हुन् ।

गीतको भिडियोमा बुद्धि तामाङ, अग्रज केसी र दिपाशा बिसीले नृत्य गरेका छन् ।नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको ‘धुलो’ को प्रचार तिब्र पारिएको छ ।

निर्देशक मिश्रका अनुसार यो आइटम ‘ड्रिम सिक्वेन्स’ हो । सुकुम्बासी बस्तीमा बस्ने दुई मज्दुरको कल्पनालाई यो गीतमा प्रस्तुत गरिएको छ । यथार्थपरक बिषयमा निर्माण गरिएको फिल्ममा बुद्धि र अग्रजका साथमा सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन ।

राजधानीमा सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अबस्थाको बिषयमा धुलो निर्माण गरिएको निर्देशक मिश्रले बताए ।

सिके वाग्ले प्रोजेक्ट एडभाइजर रहेको फिल्ममा केशब मिश्र र दीपक समीरको गीत,शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको छायांकन, अर्जुन जिसीको सम्पादन तथा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् ।