ब्युटी न्युज नेपाल
काठमाडौं, ९ फागुन

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हेर्न शुक्रबार बिहान हलमा आफ्नो आमा सहित छोरा छोरी पुगेका थिए । केही आमाले आफ्ना छोरी छोरी लगेका थिए । फिल्म हेरेर धेरैको आँखा रसाएको थियो । पशुपति प्रसादका निर्देशक दीपेन्द्र के खनालले बल्ल चलचित्र आमालाई पशुपति प्रसादकै लेवलको बनाएको दर्शकले यो चलचित्र हेरेपछि प्रतिक्रिया दिए ।

काठमाडौको जय नेपाल हलमा चलचित्र आमा हेर्न ८३ बर्षिया आमा पनि आफ्ना छोराछोरीसहित पुगेकी थिइन् । ‘आमालाई घरमा बस्दा बस्दा दिक्क लाग्यो होला भनेर हलमा ल्याएका हौं’, ह्विलचियरमा आमालाई डोर्याउँदै गरेका छोराले भने । फिल्म सकिँदा दर्शक आँशु पुच्छदै हलबाट निक्लिए ।

चलचित्र हेर्न ‘आमा–छोरी, ‘आमा–छोरा’ हलमा देखिएका छन् । एक जना यूवा दर्शकले निर्देशक दीपेन्द्र के खनालसँगको भेटमा भने–‘मैले आमा नाममा चलचित्र बन्दै गरेको सुन्दा निर्देशकले गल्ती त गर्दैनन् भन्ने सोचेको थिएँ । तर, आज चलचित्र हेर्दा उत्कृष्ट लाग्यो ।’

मिथिलालाई आमाको विश्वास

‘चलचित्रले छोरी पनि छोरा भन्दा कम छैनन् भन्ने कथा देखाएको छ, यो त हरेक नेपालीले हेर्नुपर्ने चलचित्र हो’, चलचित्र हेरेका अधिकांश दर्शकको प्रतिक्रिया यस्तो छ । यो चलचित्रमा सुरक्षा पन्त, मिथिला शर्मा, देशभक्त खनालसहितको मुख्य भूमिका छ ।

चलचित्र आमा मुलुकका ९० भन्दा बढी सिनेमा हलमा रिलिज भएको छ । फिल्मले मल्टिप्लेक्स र सिँगल सबै प्रकारका हलमा दर्शकको राम्रो साथ पाएको निर्देशक खनालले बताए । निर्माता शर्मिला पाण्डे पनि पहिलो दिनको व्यापारबाट सन्तुष्ट छिन् ।

यो पनि हेर्नुस, आमा चलचित्रमा कपाल खौरँदा नायिका  सुरक्षाको भोग्नु परेको पीडायुक्त अन्तरवार्ता :