ब्युटी न्युज नेपाल
काठमाडौं, ९ फागुन

सिताराम कट्टेल र कुञ्जना घिमिरे ( धुमुर्स सुन्तली) नायक नायिकाको रुपमा प्रस्तुत भएको चलचित्र सेन्टी भाईसर शुक्रबारबाट मुलुकका १०० भन्दा बढी सिनेमा हलमा रिलिज भएको छ । पहिलो दिनको बिहानदेखि दिउँसोको सो राम्रो रह्रयो । साँझ र रातीको सो भने काठमाडौं उपत्यकामा वर्षाको कारण प्रभावित भएको हल सञ्चालकहरुले बताए ।

तथापि यो फिल्मले पहिलो दिन एक करोड भन्दा माथि ब्यापार गरेको निर्माण पक्षको दाबी छ । यो चलचित्र पहिलो दिन शुक्रबार काठमाडौं उपत्याकाका सिनेमा हलमा ५९ लाख र मोफसलका सिनेमा हलमा ५३ लाख व्यापार गरेको दाबी सहितको रिपोर्ट निर्माण पक्षले पठाएका छन् ।

senti virus bussiness report send by producer teem

काठमाडौंका मल्टिप्लेक्सका सञ्चालकहरुका अनुसार शुक्रबार रिलिज तीन ओटै फिल्म सेन्टी भाईरस, आमा र शुभ मँगलम् और सावधानको व्यापार उस्तै छ । तिन ओटैको व्यापार बिगतका पछिल्ला सिनेमाको भन्दा निकै राम्रो रहेको उनीहरुले बताएका छन् ।

रामबाबु गुरुङ निर्देशित यो चलचित्रलाई धुमुर्स सुन्तलीले सुविहानी प्रोडक्सनबाट निर्माण गरेका हुन् । धुमुर्स यो फिल्मबाट नायकको रुपमा चलचित्रमा आधा दशकपछि फर्किएको छन् । जबकी सुन्तलीको यो डेब्यु सिनेमा हो । यस अघि उनले टेली चलचित्रमा मात्र अभिनय गरेकी थिईन् ।

यसमा सिताराम र कुन्जनासँगै दयाहाङ राई, सन्दीप क्षत्री, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्दी तामाङ, बसन्त भट्ट, कमलमणी नेपाल, पवन खतिवाडा, सुनिता घिमिरेसहित विभिन्न कलाकारको अभिनय छ । फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो र सह निर्माता फूर्पा लामा हुन् । दीपक र कुमारले यो फिल्म लेखेको हुन् । सिनेमाको नाफाको आधा रकम धुमुर्स सुन्तली फाउन्डेसनद्धारा निर्माण भईरहेको गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रँगशालालाई प्रदान गरिने छ ।

धुमुर्स सुन्तलीको गजब अन्तरवार्ता, यो पनि हेर्नु होला –