गायक हेमको काठे भाका रामेछाप ओखलढुँगा बजारमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ फागुन

गायक तथा संगीतकार हेम श्रेष्ठले नयाँ गीत रामेछाप ओखलढुँगा बजारमा ल्याएका छन् । काठेभाकामा तयार गरिएको यो गीतमा हेमलाई गायिका सविना कार्कीले स्वरमा साथ दिएकी छिन् ।

यस अघि नलाउ छोटो कपडा हुन्छ लफडा…, लागि सक्यो भोक…जस्ता थुप्रै गीत लाएका हेमले यसपटक पनि नाचुँ नाचुँ लाग्ने नयाँ गीत रामेछाप ओखलढुँगा…बजारमा ल्याएका हुन् ।

हेम श्रेष्ठले गीतसँगै यसको भिडियो पनि रिलिज गरेका हुन् । उनी आफैंले लय र संगीत तयार गरेको यो गीतको उत्पादक मिलन फिल्मस् हो । गीतको भिडियो निर्देशन पनि मिलनले गरेका हुन् ।

जनकराज अधिकारीको छायाँकन रहेको यो गीतको भिडियो सम्पादन रोशन धितालले गरेका हुन् । यो भिडियोमा हेम श्रेष्ठसँगै रुपेश योञ्जन र सरिता कार्कीले अभिनय गरेका छन् । गीतको भिडियोलाई मिलन फिल्म्सको युट्युवबाट रिलिज गरिएको छ ।