मलेसियाको हेरिटेज पेजेन्टसमा नेपालबाट परिन्दा र परिसा


ब्युटी न्युज नेपाल

काठमाडौं, ६ फागुन

 मलेशियामा अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्ट– २०२०’ मा परिन्दा श्रेष्ठ (परि) र परिसा रानाभाटले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । यो प्रतियोगितामा श्रेष्ठले मिसेस र रानाभाटले मिस तर्फ नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।

मँगलबार एक कार्यक्रमबीच दुबै प्रतियोगी सार्वजनिक गरिएको हो । सो अवसरमा ग्रिन आर्टका तर्फबाट दुबै प्रतियोगीलाई ‘हेरिटेज पेजेन्टस नेपाल २०२०’को क्राउन समेत लगाइदिएको थियो ।

इप्लानेट प्रा.लिका अध्यक्ष सन्तोष सापकोटाले आतिथ्यमा भएको सो कार्यक्रममा प्रतियोगी मिसेस दुर्गा बिसुराल, मिस अदीति बुढाथोकी, मिसेस मन्जु ढकाल लगायतको उपस्थिती रहेको थियो ।

‘हेरिटेज् पेजेन्टस् २०२०’ मलेसियामा आउँदो अप्रिल ११ देखि २० अप्रिलसम्म आयोजना हुँदैछ । नेपाल लगायत विश्वका ४० मुलुकका प्रतिस्पर्धीहरुको प्रतियोगितामा सहभागीता रहनेछ ।

प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले इप्लानेट प्रा.लिले आयोजना गर्दै आएको हो ।

नेपाली कोरियोग्राफर रोजिन शाक्य र बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको कोरियोग्रफी रहने प्रतियोगीता आयोजनाको उदेश्य बिश्वको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको आयोजक इप्लानेट प्रा.लिका अध्यक्ष सन्तोष सापकोटाले बताए ।

‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४ बाट सुरु भएको हो । पहिलो संस्करण नेपालमा आयोजना भएको प्रतियोगिता भारतको नयाँदिल्ली, श्रीलंकामा, सिंगापुर हुदै अहिले मलेसियामा आयोजना हुँन लागेको हो ।